२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

वीरगन्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ। महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो।

वीरगन्जमा रात्रि बजारले निरन्तरता पाउने

साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनाउन र वीरगन्जको व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि तीन दिनको रात्रि बजारको आयोजना गरेपछि नगरवासी हर्षित भएका थिए।

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

पर्साको वीरगञ्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।

वीरगन्जमा कस्सिँदै सत्ता गठबन्धन

अनेकौं असन्तुष्टि र गुनासा व्यवस्थापन गर्दै कांग्रेससहितका गठबन्धन दल यतिखेर आफ्ना मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका छन्।

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिती गठन भएको समितिका सचिव डा.चन्दन बेनर्जीले जानकारी दिए।

वीरगन्जमा सांग्रिलाको शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।

वीरगन्जमा संक्रमण दर उच्च

एक सप्तामा बिहीबार साँझसम्म आएको पछिल्लो ६ पटकको पिसिआर र एन्टिजेन परीक्षण रिपोर्ट हेर्दा ६ सय २६ मध्ये ३ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो भनेको परीक्षण गरिएकामध्ये ५४.७९ प्रतिशतले संक्रमण दर फेला परेको हो। वीरगन्जमा परीक्षण गरिएकामध्ये ८३.६७ प्रतिशत अर्थात् २ सय ८७ जना पर्साका हुन्।

वीरगन्जमा संक्रमणविरुद्ध तयारी फितलो

छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर भनिएको संक्रमणको दर तीव्र रुपमा बढेपछि यता नेपालको मुख्यस्थल प्रवेशमार्ग रहेको सीमावर्ती वीरगन्ज र पर्सा जिल्लामा अवस्था भयावह बनेको हो। थपिएका संक्रमितमध्ये धेरै जसोको यात्रा बृतान्त भारतसँग जोडिएको डा.दासले बताए।

डा. केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन भएको छ। यहाँ बेग्लाबेग्लै पक्षले डा. केसीको सर्मथनमा प्रदर्शन गरेका छन्।

वीरगन्जमा निषेधाज्ञा सुरु

पर्सा जिल्लामा र खासगरी वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ ।

मेनरोडमा डोजर चल्ला ?

छठ पर्व सकिनासाथ त्रिभुवन राजपथको एउटा खण्ड रहेको वीरगन्जको मेनरोडको मध्यबाट २५÷२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ।

वीरगन्जमा बैण्डमास्टरको शव भेटियो

वीरगन्जमा सोमबार एक पुरुषको शव फेला परेको छ। सहरको मुख्यचोक घण्टाघर नजिक ढलेको अवस्थामा शव फेला परेपछि घटनास्थलको प्रकृति हेरेर राति हत्या गरेर फालिएको अनुमान गरिएको छ।

वीरगन्जमा निःशुल्क वाइफाई

वीरगन्जका मुख्यमुख्य ठाउँमा वाइफाई सेवा निःशुल्क हुने भएको छ । वीरगन्जको बजार क्षेत्रमा १२ वटा मुख्य स्थल अब महानगरीय वाइफाई जोन हुन लागेको हो।

वीरगन्जमा अब नि:शुल्क ‘वाईफाई जोन’

वीरगन्ज महानगरपालिकाका १२ वटा स्थानलाई वाईफाई जोन बनाइने भएको छ। वीरगन्ज महानगरपालिकाको कार्यालय र इन्टेरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकबीच उक्त योजना कार्यान्वयनको लागि सम्झौता सम्पन्न भएको छ।

‘प्रदेशको राजधानी’ माग्दै वीरगन्जमा चक्का जाम

प्रदेश नं २ को राजधानी यहाँ बनाउनु पर्ने माग गर्दै वीरगन्जमा सुरु भएको चरणबद्ध आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत शनिबार वीरगन्जमा ३० मिनेट चक्काजाम गरिएको छ । यसअघि जुलुस प्रर्दशन र रिले अनसन गरिएकोमा शनिबार चक्काजाम थपिएको आन्दोलनका अगुवा श्याम पटेलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्