२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सचेत नभए अर्को प्रकोपको खतरा

आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली एकाकार भए। जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गरे। सहयोगी हातहरु राहत सामग्री लिएर प्रभावित गाउँठाउँ झरे। राजनीतिक दलले पार्टीका नेता तथा कार्यकर्ता खटाए।

हावाहुरी पीडितलाई प्रदेश ५ सरकारकाे १ करोड सहयोग

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश २ को बारा र पर्साका हावाहुरी पीडितका लागि १ करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

राहतको सामग्री निःशुल्क ढुवानी हुने

बारा र पर्साका हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ। नेपाल सामान ढुवानी व्यवसायी संघको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष श्यामकुमार डंगोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न संघ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई संघसँग समन्वय गर्न आग्रह गरे। उनले राहत सामग्री काठमाडौंदेखि वितरणस्थलसम्म पुर्‍याउन सहयोग गरिने बताए।

परिवार दलद्वारा हावाहुरी पीडितलाई सोलार लाइट वितरण

नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पीडित १ सय ७० घर परिवारलाई सोलार लाइट वितरण गरेको छ।

उडायो सपना सबै हुरीले

‘उडायो सपना सबै हुरीले ...’ गायक मुरलीधरको शब्द, संगीत र स्वरमा रहेको गीतको यो अंश यतिखेर बारा र पर्साका हावाहुरीपीडितको जीवनमा मलेको छ। सोही गीतमा भनेजस्तो त्यो ‘अलच्छिने बतास’ कहाँबाट आयो पीडितहरूलाई केही थाहा छैन तर त्यही ‘निठुरी’ले उनीहरूको सपना भने ‘उडाइलगेको’ छ। आइतबार साँझ दुई मिनेटमात्रै आएको हुरीले दर्जनभन्दा बढी परिवारका सदस्य नै लग्यो। धेरैलाई घरबारविहीन बनायो। घरसँगै उनीहरूले सजाएका सपना पनि विलीन भए।

हावाहुरीपीडितका घर निर्माणकाे जिम्मा सेनालाई दिइने

बारा पर्साका आँधीपीडितका घर सरकारले बनाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार साँझ बारा र पर्सामा आएको अनौठो र भयानक आँधीबाट पीडत भएकाहरुको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो।

हुरी पीडितलाई इन्जिनियरहरुको राहत, भौतिक संरचनाको प्राविधिक अध्ययन सुरु

बारा र पर्साका हावाहुरी पीडितलाई इन्जिनियरहरुले राहत वितरण गरेका छन्। सत्तारुढ दलनिकट इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन केन्द्रीय कमिटीले संकलन गरेको नगद, जिन्सी सामान बारा र पर्साका विभिन्न ठाउँमा राहात वितरण गरिएको इन्जिनियर सन्जीव रोकाहाले जानकारी दिए। प्रभावित क्षेत्रमा रहेका रोकाहाले पीडितले राहत सामग्री पाए पनि विजुलीको समस्या रहेको जानकारी गराए।

खानेपानी विभाग भन्छ- 'हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीमा समस्या छैन'

खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ।

चार दिनमा पनि खुलेन अवरुद्ध सडक

हावाहुरीका कारण चारदिनदेखि अवरुद्ध बनेको बाराको बलिरामपुरदेखि छोटकिफुलबरियासम्म जोड्न सडक अझै सुचारु हुन सकेको छैन।

हुरीपीडितलाई सहयोग

बारा–पर्साका हावाहुरीपीडितलाई सहयोग गर्ने क्रम बढेको छ। विभिन्न जिल्लाका संघसंस्थाले फरकफरक माध्यमबाट पीडितका नाममा सहयोग प्रदान गरिरहेका छन्।

राहत र उद्धारमा स्थानीय सरकारमात्र उपस्थित

बारा र पर्सामा आइतबार आएको हुन्डरीपछिको राहत र उद्धारको काममा स्थानीय सरकारको उपस्थिति प्रभावकारी देखिको छ। हुन्डरी प्रभावित सबैलाई उचित राहतको व्यवस्थापनमा स्थानीय सरकार केमा नचुकेका होइनन् तर प्रदेश र केन्द्र सरकारको तुलनामा प्रभावितहरूको उद्धारदेखि राहत वितरणसम्मको काममा स्थानीय सरकारको सक्रियता उल्लेख्य रहेको छ। राहत र पुनर्वासको काममा प्रदेश र केन्द्र सरकारको उपस्थिति शून्य प्रायः छ।

महागढीमाई र सुवर्णका पीडितकाे बिचल्ली

महागढीमाई नगरपालिका–१ का ८५ वर्षीय जगदीश यादव घरीघरी अकाशतिर हेर्दै ७५ वर्षीया श्रीमती कोइली देवीलाई सम्झिरहन्छन्। गत आइतबार साँझको हावाहुरीले यादवको घर मात्रै ध्वस्त बनाएन, श्रीमती कोइली देवीको प्राणै लग्यो। आफैं किरियापुत्री बसेका यादव अकाशमा बादल र घाम जे देखे पनि तर्सन्छन्। घर–संसार नै उजाडिएपछि यादव तीन दिनदेखि निदाउन सकेका छैनन्।

‘तीन सन्तान जोगाएँ, आमा र श्रीमती गुमाएँ’

बारा भलुहीका ३० वर्षीय भीमदास तात्वाको काँधमा ६ वर्षमुनिका तीन छोरीछोरा स्याहार्ने जिम्मेवारी आइलागेको छ। ६ वर्षीया छोरी सन्ध्या, चार वर्षीया छोरी प्रियंका र १० महिनाका छोरा सञ्जितलाई श्रीमती रुना र आमा मोतीसरी देवीले स्याहारसुसार गर्दै आएका थिए। आइतबार सााँझको विनाशकारी हावाहुरी ती सासूबुहारीका लागि मृत्यु बनेर आइदियो। तीन सन्तान जोगाएका भीमले आमा र श्रीमती भने गुमाउनुपर्‍यो।

कतै राहतकाे खातैखात, कतै पुर्पुरोमा हात

सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन। तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्।

प्रदेश सरकारले हुरी पीडितको घर बनाइदिने

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन्। बुधबार रिपोर्टर्स क्लबल आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्