२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बारामा सेनाद्वारा दुई सय ७० वटा टेन्ट निर्माण

आइतबार साँझ आएको अनौठो विनासकारी हावाहुरीबाट बेघर भएकाहरुलाई नेपाली सेनको टोलीले २ सय ७० वटा टेन्ट निर्माण गरिदिएको छ।

राहत लिएर कांग्रेस युवा नेता पौडेल पुगे बारा

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राहत सामग्री बोकेर हुरी प्रभावित क्षेत्र बारा पुगेका छन्। नेपाल विद्यार्थी संघका निवर्तमान माहामन्त्री कुन्दनराज काफ्लेसहितको टोली लिएर बाराको सुवर्ण गाउँपालिका पुगेका नेता पौडेलले पीडितलाई राहत वितरण गरेका थिए।

हावाहुरी प्रभावित क्षेत्रमा नेकपा, काँग्रेस नेतादेखि सीके राउतसम्म

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हावाहुरी पीडितको अवस्था देखेर आफू दुःखी भएको बताएका छन्। विनाशकारी हुरी हुण्डरीबाट प्रभावित रहेका गाउँमध्येका बाराको भरवलियामा पुगेका नेता नेपालले पीडितलाई सुरुमा हँसाए।

हावाहुरी पीडितलाई भारतीय महावाणिज्य दूतावासको सहयोग

बाराका हावाहुरी पीडितलाई वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले त्रिपाल सहयोग गरेको छ। दूतावासले फेटा गाउँपालिकाका घरबार गुमाएका पीडितलाई ५ सय थान त्रिपाल र सुवर्ण गाउँपालिकास्थित हर्दिया गाउँका ७१ परिवारलाई राहत सामग्री वितरण गरेको हो।

सबैको ध्यान फेटामा, महागढी र सुवर्णका पीडितको विचल्ली (भिडियो)

आइतबार राति आएको विनाशकारी हुरीपछि अहिले सबैको ध्यान बारा र पर्सामा छ। यी जिल्लामा पनि बाराको फेटामा सबैको भन्दा धेरै मानवीय क्षति भयो। यो ठाउँमा १४ जनाले गयो। त्यसैले सिँगो देशको ध्यान नै फेटामा छ।

आँधी प्रभावित क्षेत्रमा बिजुली नियमित

बारा र पर्सामा आइतबार आएको विनाशकारी आँधी प्रभावित क्षेत्रमा मंलगबारदेखि बिजुली आपूर्ति नियमित भएको छ। कलैयाको चन्द्रनिगाहपुर वितरण केन्द्रबाट बिजुली आपूर्ति हुने ग्रामीण क्षेत्रका केही ठाउँबाहेक अन्य क्षेत्रमा मंगलबार बेलुकादेखि नियमित आपूर्ति सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

उद्योगहरुमा करोडौंको क्षति

पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट वीरगन्ज औद्योगिक करिडोरका करिब दर्जन उद्योगमा क्षति पुगेको छ। औद्योगिक क्षति करोडौंमा आँकलन गरिएको छ। ‘क्षति धेरै ठूलो छ, उद्योगमा एउटा सानो क्षति भयो भने पनि त्यसको ‘चेन इफेक्ट’ पर्छ र त्यसबाट निकै नोक्सान हुन्छ। यहाँ त भीषण क्षति भएको छ,’ वीरगन्ज उद्योग वाािण्ज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले भने, ‘हामीले क्षतिग्रस्त उद्योगहरुसँग विवरण मागेर वास्तविक तथ्यांक निकाल्ने प्रयास गरिरहेका छौं।’

लत्ताकपडा पठायौं: गृह मन्त्रालय, पीडित भन्छन्– पाएनौं

बारा र पर्साका हावाहुरी प्रभावितले सरकारी राहत नपाएको गुनासो गरेका छन्। पीडितहरूले अत्यावश्यक सामग्री नपाएको गुनासो गरेका हुन्। सरकारले पठाएको त्रिपाल भने प्रभावित क्षेत्रमा पुगेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीले अस्थायी टहरा पनि बनाइरहेका छन्। हुरीले घर भत्काउँदा सबै लत्ताकपडा पुरिएको छ।

डा. गोबिन्द केसी बारामा

आईतबार बेलुका आएको हावाहुरीबाट पिडित बनेकाहरुको उपचार र राहत समाग्री बितरण गर्नको लागि डा.गोबिन्द केसी बारामा आएका छन्। मंगलबार पुरैनिया पुगेको डा.केसीले हावाहुरीमा घाईते भएकाहरुका उपचार र राहतको समाग्री समेत बितरण गरेका छन्।

हुन्डरीमा बाँचेकाको पीडा, जीवन धान्ने कसरी

हावाहुरीले ‘संसार’ उडाएपछि फेटा गाउँपालिका–६ पुरैनियाकी ३५ वर्षीया नूरजहाँ खातुनको दुई रात अनिँदो बितेको छ। न राहत, न खाना, न पानी। आँखामा दुई रातदेखि निद्रा परेको छैन। ‘घर छैन र कसैले त्रिपाल पनि उपलब्ध गराएको छैन,’ खातुन भन्छिन् – ‘चाउचाउ र बिस्कुटको भरमा दुई दिनदेखि बाँचिरहेकी छु। उनलाई केही सहृदयीले चिउरा र सख्खर उपलब्ध गराएका छन्। तर चिउरा खान खोज्दा घाँटीमा अड्किने गरेको उनले बताइन्। खातुनको परिवारका सबै ठूला सदस्य अस्पतालमा उपचार गराउँदै छन्।

औषधि र राहत बोकेर डा. केसी बारामा

आइतबार बेलुका आएको हावाहुरीबाट प्रभावितको उपचार र राहत सामग्री वितरण गर्नको लागि डा.गोविन्द केसी बारा आएका छन्। मंगलबार पुरैनिया पुगेका डा. केसीले हावाहुरीबाट घाइते भएकाहरुको उपचार र राहत सामग्री समेत वितरण गरेका छन्।

बारा पर्सामा राहत वितरण भद्रगोल

पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट पीडित गरिएको राहत वितरण भद्रगोल भएको छ।

हावाहुरी प्रभावित बस्तीमा रौतहटका स्थानीय तहबाट राहत

बाराको फेटा गाउँपालिकामा आइतवार राति हावाहुरीसँगै आएको ठूलो बवण्डरको चपेटामा परेर ज्यान गुमाएका तथा घरबार गुमाएका पीडित परिवार समक्ष राहत पुर्याउन रौतहटको स्थानीय तहबाट ओइरो लागेको छ।

हावाहुरीको वितण्डाः पुत्रवियोगमा महिला (फोटो फिचर)

आइतबार बेलुका आएको हावाहुरीमा घर भत्किँदा घाइते भएका ५ बर्षीय छोरा फैयाज अन्सारीको नेशनल मेडिकल कलेजमा मृत्यु भएको खबर सुनेपछि रुँदै आमा रेकमा खातुन र तीन बर्षीया बहिनी मुस्कान खातुन। आमा रेकमालाई सम्हाल्दै आफन्त।

हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले एक कराेड सहयाेग गर्ने

प्रदेश ३ सरकारले बारा र पर्सा हावाहुरीले क्षति पुर्याएका पीडितहरूलाइ तत्काल एक कराेड रुपैयाँ सहयाेग गर्ने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्