२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चिनियाँ राजदूतबाट हुरीपीडितलाई सहयोग

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हुरीपीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छन्।

बादल देख्नासाथ तर्सिन्छन् पीडित

बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको र तीन दिनदेखि मौसम बिग्रिएर पानी पर्न र बादल लागेको देख्नासाथ थप बिजोग हुने भयले स्थानीय त्रसित बनेका हुन्।

हुरी प्रभावित क्षेत्रमा युवा संघको पुनर्निर्माण अभियान

हावाहुरी प्रभावित बारा र पर्सामा सत्तारुढ दलनिकट युवा संघले पुनर्निर्माण अभियान सुरु गरेको छ। चैत १७ गते हुरी आएको भोलिपल्ट अध्यक्ष रमेश पौडेलको नेतृत्वमा युवा संघको टोली राहत र उद्दारमा खटिएको थियो। उक्त टोलीको नेतृत्वमा युवाहरु अहिले पुनर्निर्माणमा खटिएका छन्।

जगदम्बा स्टिलको डेढ लाख सहयोग

आइतबार राति बारामा आएको हावाहुरीबाट पीडित बनेकाहरुको सहयोगका लागि जगदम्बा स्टिल प्रालिले शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ।

कृषिमा हावाहुरीबाट करोडौंको क्षति

गत आइतबार साँझ आएको बिनाशकारी हावाहुरीबाट कृषि क्षेत्रमा करोडौं रुपैयाँको क्षति भएको देखिएको छ। गहुँ, मकै, प्याज, अन्य तरकारी र व्यवसायिक कृषि फार्म हावाहुरीले नष्ट भएका छन्।

हुरी पीडितलाई बर्दियाका युवाको एक लाख सहयोग

राजधानीमा बस्दै आएका बर्दियाका युवाले बारा पर्साका हावाहुरी पीडितलाई एक लाख १ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्। हरिश गौतम, रेशम बहादुर थापा, महेन्द्र विष्ट, समृद्धा केसी, प्रिया देवकोटाको पहलमा स्वदेश तथा विदेशबाट संकलन गरिएको उक्त राहत रकम सांसद तुल्सी थापामार्फत युवा संघका सचिव बचनबहादुर सिंहलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रेशम थापाले बताए।

हावाहुरी पीडितलाई कर्णाली प्रदेश सरकारको एक करोड

कर्णाली प्रदेश सरकारले प्रदेश २ का विभिन्न जिल्लाहरुमा आएका हावाहुरीबाट प्रभावितहरुका लागि एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट प्रभावित भएकाहरुका लागि प्रदेश २ ले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

सर्लाहीमा हावाहुरी, एक जनाको मृत्यु

हावाहुरीले पसलको छानो उडाएर थिच्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो आएको हुरीबतासले जिल्लाको दक्षिण–पश्चिम क्षेत्र अन्तर्गत रामनगर गाउँपालिका–१ स्थित एक खाजा पसलको छानोले थिच्दा स्थानीय ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो।

बारा र पर्साका हुरीपीडितलाई कामपाको २५ लाख सहयोग

काठमाडौं महानगरपालिकाले तराईका बारा र पर्सा जिल्लामा केही दिनअघि आएको हावाहुरीबाट प्रभावित भएका पीडित परिवारलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको कार्यपालिका बैठकले २५ लाखसहित जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबसमेत पीडितलाई दिने निर्णय गरेको प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए।

मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ। गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए।

मौसमका कारण हावाहुरी पीडितलाई समस्या

असिना पानीका कारण हावाहुरी पीडित झन् समस्यामा परेका छन्। जिल्लाको बिभिन्न भागहरुमा पानी र असिना पर्न सुरु गरे पछि हावाहुरी पीडित सुरक्षित स्थानको लागि छिमेकीको शरण लिन बाध्य भएका छन्।

सहयोगी हातभन्दा रमिते बढी

हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फीस्टिक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए। पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले मोबाइलमा खिचिरहेको देखेर अन्य मानिस पनि त्यहाँ भेला हुन थाले। भीड बढ्दै गयो। ती व्यक्तिले एकछिन बिराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ?’ तर जवाफ आएन। फेरि अर्कोले दोहो¥याएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन ‘फेसबुक लाइभ’ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्