११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोभिडपछि राष्ट्रिय भलिबलको रौनक फर्काउँदै नवआदर्श

कोरोना भाइरसको त्रासले गरिएको लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ। महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे मेलासँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको पहिलो दिन नै नेपाल पुलिस क्लबको दुवै टोलीले उदघाटन खेल खेल्ने छन।

भलिबल खेलाडीलाई गण्डकी प्रदेशको सम्मान

एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ।

महिला भलिबल टोलीलाई स्वागत

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

नेपालगन्जलाई पालिका स्तरीय महिला भलिबलको उपाधि

जिल्लामा पहिलोपटक आयोजना गरिएको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगरपालिकाले हात पारेको छ।

नेपाली महिला भलिवल: अवसर गुम्दा खेलाडी निराश

आफैंले आयोजना गर्ने प्रतियोगितामा बल्लबल्ल प्रायोजक भेला पार्ने भलिबल संघको फुटबल, क्रिकेटमा जस्तो आफ्नै प्रशिक्षणस्थल पनि छैन। राष्ट्रिय खेल भए पनि सरकारले बजेट वा पूर्वाधारमा खासै ध्यान दिन सकेको छैन।

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल बञ्चित

फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ ।

महिला भलिबलले तयारी थाल्यो

आगामी अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली महिला राष्ट्रिय टोलीले मंगलबारबाट अभ्यास गरेको छ।

भोटेकोसीमा राष्ट्रिय महिला भलिबल हुने

वैशाख ८ गतेबाट आयोजना हुने भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्।

एपिएफलाई पिएम कप भलिबल

साबिक विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई समाप्त पार्दै एपिएफले नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ। नेपालगन्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल: एपिएफ र न्यु डायमन्ड विजयी

नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतबार एपिएफले लुम्बिनी युनाइटेडलाई हराउँदै दोस्रो जित निकाल्दा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै पहिलो सफलता निकालेको हो। बलियो टोली एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो।

प्रधानमन्त्री कप महिला भलिबल: पुलिससामु लुम्बिनी निरीह

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा साबिकको विजेता नेपाल पुलिस क्लबले जित लयलाई निरन्तरता दिएको छ। शनिबार भएको दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्