८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालगन्जलाई पालिका स्तरीय महिला भलिबलको उपाधि

विजेता टिमसँग सामूहिक फोटो खिचाउँदै कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी लगायत। तस्बिरः नागरिक

जिल्लामा पहिलोपटक आयोजना गरिएको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगरपालिकाले हात पारेको छ। बाँकेको खजुरास्थित ‘शुक्र भलिबल स्टेडियम’ मा आइतबार सम्पन्न भएको फाइनल खेलमा नेपालगन्जले कोहलपुर नगरपालिकालाई २–१ सेटले हराउँदै उपाधि जितेको हो।

वेष्ट अफ थ्रिका आधारमा खेलाइएको उक्त खेलमा उपाधि हात पारेसँगै नेपालगन्जले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको भलिबलका राष्ट्रिय रेफ्री प्रकाश शर्माले जानकारी दिए। उक्त प्रतियोगितामा उप–विजेता बनेको कोहलपुर नगरपालिकाले नगद ३० हजार, ट्रफी र प्रमाण पत्र पाएको छ।

यस्तै आइतबार नै भएको खेलमा बैजनाथ गाउँपालिकालाई २–० सेटले हराउँदै राप्ती सोनारी गाउँपालिका तेस्रो स्थानमा आएको छ। राप्ती सोनारीले नगद २० हजार, ट्रफी र प्रमाण पत्र पायो। सान्त्वना स्थानमा हासिल गरेको बैजनाथले नगद १० हजार र प्रमाण पत्र पाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहले बताए।

प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई कार्यक्रमका प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, विशिष्ट अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष शाह लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे।

जिल्ला खेलकुद विकास समिति बाँकेले गत शुक्रबारबाट उक्त प्रतियोगिता सञ्चालनमा ल्याएको थियो। प्रतियोगितामा जिल्लाका ८ वटै स्थानीय तहले सहभागिता जनाएका थिए।

प्रकाशित: १४ कार्तिक २०७८ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App