१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिज लगायत  सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।

करिब ४ लाख रूपैयाँबराबरका सामग्री प्रदान गरिएको क्लबका उपाध्यक्ष कुमार राईले जनाएका छन्। चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र उपाध्यक्ष राईलाई एक कार्यक्रम बीच सामग्री हस्तान्तरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गिरीले उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै खेलकुदमा समर्पित एक सफल क्लबलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मिहिनेत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन्।

क्लबकी अध्यक्ष मालीले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताउँदै सहयोगका लागि धन्यवाद दिइन्। उपाध्यक्ष राईले प्राप्त सामग्रीले खेलाडीको प्रशिक्षणमा ठूलो सहयोग पुग्ने बताउँदै खेलाडीको स्तरवृद्धिमा पनि सहयोग हुने बताए।

प्रकाशित: १० पुस २०७८ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App