२ मंसिर २०८१ आइतबार
image/svg+xml

माेटरसाकइल दुर्घटनामा युवकको मृत्यु

लेखनाथ नगरपालिका–३ आयुर्वेद चोकमा गएराति ११ः३० बजे भएको मोटर साइकल दुर्घटनामा एक युवकको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् ।

बस दुर्घटनामा बेपत्ता अझै भेटिएनन्

रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै अत्तोपतो छैन।

मुग्लिन बस दुर्घटनामा मृत्यु हुने १८ को सनाखत

नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये मध्ये १८ जनाको सनाखत भएको छ। दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शिक्षक सेवाको परीक्षा दिन हिँडेकी सन्ध्याको दुर्घटनामा मृत्यु भएपछि आमा मुर्छित

रौतहटबाट पोखराको लागि छुटेको रात्रिबस त्रिशुलीमा खस्दा २० जनाको मृत्यु भएको छ। मृत्य हुनेमध्ये एक जनाको शनाखत भएको छ। रौतहट गौर निवासी सन्धया श्रीवास्तव छन्। उनका १२ वर्षीय छोरा सुशान्त श्रीवास्तव घाइते छन्। उनैबाट सन्धयाको पहिचान खुलेको हो।

विमान दुर्घटनामा पाइलटको मृत्यु

खेतीमा अाैषधि छर्किने एउटा जहाज अमेरिकाको कोलोराडोमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनामा एक पाइलटको मृत्यु भएको पुष्टि गरेको हो। सो विमान खेतमा विषादी छर्ने क्रममा दुर्घटनामा परेको थियो।

काभ्रे बस दुर्घटनामा २७ जनाको मृत्यु : प्रहरी

सोमबार काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीलागि गुडेको बस बिर्तादेउराली– खहरे खोलामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको पष्टि भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २६ जनाको शव बनेपास्थित सिरमेमोरियल अस्पतालमा राखिएको र एक जनाको शव काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

माेर्चाकाे सहिद सूचिमा आत्महत्या गर्नेदेखि र दुर्घटनामा ज्यान गुमाउनेसम्म

मधेसकेन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ।

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, २६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयाे

काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। २६ घाइतेलाई उद्धार गरी नेपाली सेनाको हेलिकोप्टले राजधानी ल्याएकाे छ।

माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको आज मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।

मिनीट्रक दुर्घटनामा ८ घाइते

सदरमुकाम मन्थलीबाट जिल्लाको बिजुलीकोट र नागदह गाविसको सीमानामा रहेको धोवी बजारतर्फ जाँदै गरेको बा २ ख ११६८ नम्बरको मिनीट्रक बुधबार विहान नागदह गाविस– ७ घ्याङडाडामा दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका ८ व्यक्ति घाइते भएका छन्।

मनहरी दुर्घटनामा एकै गाउँका ४ को मृत्यु

आइतबार विहान मकवानपुरको मनहरीमा भएको दुई रात्रि बस ठक्करमा परी मृत्यु हुने ९ मध्ये उदयपुरका एकै गाउँका ४ जना रहेको खुलेको छ। काठमाडौंदेखि गाईघाट आउँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायात र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको रात्रि बस एकापसमा ठक्कर खाँदा मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० देउरीकै ४ जनाको मृत्यु भएको हो।

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुग्याे, ७ को सनाखत

धनकुटा– धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ। धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत घाेषाणा गरेपछि मृतककाे संख्या ११ पुगेकाे हाे। यसअघि ७ जनाकाे घटना स्थलमै मृत्यु भएकाे थियाे।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पृथ्वी राजमार्गको तनहुँ खण्डमा बुधबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एउटै राजमार्गको करिब १५ किलोमिटर दुरीभित्र भएका तीनवटा दुर्घटनामा परि ३४ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

बुटवल– पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनाउ पुलमा आज भएको सवारी दुर्घटनामा चितवन चिसापानीका कुमार नगरकोटीकोे मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्