१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोखराको पर्यटनमा तुँवालोको मार, एकसातामा एकसय बढी उडान प्रभावित

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एकसाताको अवधिमा मात्र एकसय भन्दा बढी उडान रद्द भएका छन्। ती उडानबाट कम्तिमा १४ हजार (दुइतर्फीं) यात्रुको यात्रा प्रभावित भएको विमानस्थलले बताएको छ। एकदिन मात्र विमानस्थलबाट उडान प्रभावित हुँदा त्यसको मार हवाई कम्पनि, विमानस्थलदेखि पोखराको पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको गुनासो छ।

उडानमा तुँवालोको समस्या कायमै

शुक्रबारयता दर्जनौं हवाई उडान रद्द भएका छन्। मंगलबार अन्तर्राष्ट्रियतर्फका दुई र आन्तरिकतर्फका दर्जनौं उडान रद्द भएका छन्। विमानस्थल कार्यालयका अनुसार अफगानिस्तानबाट राष्ट्रसंघीय मिसनको र ढाकाबाट विमान बंगलादेशको जहाज भिजिबिलिटी कम हुँदा नेपाल आउन सकेनन्। मंगलबार १६ सय मिटरसम्म भिजिबिलिटी झरेकाले बढी भिजिबिलिटी चाहिने विमान आउन नसकेको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्