२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

भुइँमान्छेको बयान

एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअनि सहानुभूतिका भावनात

कोरोनाकी माई

“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोनाकी माई ! यहाँ पाहुनाहरूलाई पानी ल्याइदेऊ त ।” टोलीका सदस्यहरूले एक आपसमा मुखामुख गरे ।

कैली दमिनीको पसल

‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मार्यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् । ‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।

कसो मारेन त्यो बाडुलीले

धेरैले बाडुलीको चर्चा गर्छन्, आफ्नाले सम्झिए बाडुली लाग्ने बताउँछन्, तर एकपटक मलाई बाडुलीले धन्नै मारेन ।

उखेलेको मुला

उसको ६० वर्षे जन्म दिन मनाएको दुई महिना मात्र भएथ्यो । म दिक्दारी भावले घर फर्केथें । मनमा लागिरहेथ्यो ः छ्या, यी लोग्ने मान्छेहरू कस्ता पापी, कस्ता निर्मोही ।

राहत वितरण

“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए । “तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।

यो बुढेसकाललाई सलाम

आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।

ढुंगाको प्रेम

जब आँखाले चुम्बन गर्छ लालित्य साँझलाई सम्झना यसरी भड्किन्छ कि मानौं, आगोले प्रेम गर्छ हिमालले अँगालो हाल्छ नदीले आँसु बगाउँछ रुमानी सम्झना भनौं या तस्बिर हेरेर कोरेको यात्राचित्र ।

छुटेको गिफ्ट

हामीले हाम्रो प्रेमबाट बाँच्ने कला सिक्नुपर्छ । तिमीले ‘तिम्री’लाई दिएको माया खोसेर मलाई दिने हैन । मैले पनि ‘मेरालाई’ दिएको माया खोसेर तिमीलाई दिइरहेको छैन । यो छुट्टै मूल हो प्रेमको ।

कथा : सपनाको उडान–२

नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाएर भेट्नका लागि उनको अघि गएको थिएँ ।

कविता : युगकवि सिद्धिचरण

आमाको छातीभित्र देशभक्तिको गहिराइ नापे आमाको मुटुभित्र वात्सल्यको सगरमाथा नापे एक पुजारी माटोको एक सर्जक देशको र गाथा सुनाए हामीलाई जननि जन्म भूमिश्च... मेरो प्यारो ओखलढुंगा युगकवि एक सच्चा देशभक्त सिद्धिचरण

कविता : युगकवि सिद्धिचरणसंग

हे युगकवि ! युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ

सपनाको सहर पस्दा‍‍‍‍‍‍‍‍...

२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई । कहिले परीक्षा सक्किएला र काठमाडौं सहर पसौंला भन्ने मात्र थियो मेरो मनमा । परीक्षा सक्किएकै भोलिपल्ट घर गएँ र हजुरबुबालाई मनाउन थालें । हजुरबुबाले हुन्छ नभन्दासम्म भनिरहें ।

अदृश्य शक्ति

म अदृश्य शक्ति हुँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मानवताको विरोधमा दुश्मनहरुलाई सडक–सडकका कुना–काप्चाहरुमा अदृश्य भई आइरहेछु

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्