२७ आश्विन २०८१ आइतबार
image/svg+xml

बेइमानी र बेइमानहरू

सामर्थ्य हुनेले दान दिनु राम्रो हो, जुन रकमले सार्वजनिक काम बन्छ, समाज सेवा हुन्छ । यद्यपि त्याग र दानको कुरो गर्दा दाताको हैसियत पनि हेर्नुपर्ने हुन्छ । सोझा जनता एकाएक दानमा हौसिने र भएको सबै गुमाउँदा भोलिपल्टदेखि उनीहरूको स्थिति जुवामा हारेको जुवाडेसरह भएको देखिन्छ । दानवीर भएकै कारणबाट जहानबच्चाको विचल्ली भई दाताराम आफै कचौरा लिएर भीकमा जीवन गुजारा गर्नुपरेको उदाहरण समाजमा प्रशस्तै छन् ।

शिरमा सजाई महुरेडाँडा रावासँग हाँस्छिन्

शिरमा सजाई महुरेडाँडा रावासँग हाँस्छिन् रुभुङ, थुम्की, काफ्ले, रेलुङ वक्षस्थलमा टाँस्छिन् ब्राम्हण, मगर, राई, नेवार लगायतका जाति अनेकताबीच एकताको सुन्दर माला गाँस्छिन् ।

आमा र राज्य

राज्य मैले खाने गाँस गाँसमा कर लगाउँछ आमा एक गाँस थप गर्नका लागि कर लगाउनुहुन्छ कति फरक छ आमा र राज्यमा आमा स्वस्थ बनाउन कर लगाउनुहुन्छ राज्य चिन्ता बढाउन कर लगाउँछ ।

धनबिरे अनि देश

धनबिरे देशको पर्याय हो बिभेदरहित समाजको आदर्श हो बोल्न नजाने पनि ऊ एउटा ऋचा हो महाभारत अनि गीता हो तृपिटक अनि मुन्धुम हो बाइबल अनि कुरान हो किनभने ऊ बोलिरहेको छ उसका सुकर्महरुमा ऊ बोलिरहेछ उसका निष्कपट व्यवहारहरुमा धनबिरे गाउँमा हुर्केको मान्छे चिल्लो दल्न आउँदैन उसलाई दिनरात पसिना पोख्छ कहिल्यै गल्न आउँदैन उसलाई ऊ आफै भूगोल हो बाटो बदल्न आउँदैन उसलाई।

किन बाँधिएन मन ?

“ विश्वास लागेन ? आफ्नो कर्तुतको विश्वास लागेन तँलाई । ला ... हेर आफ्नो कालो कर्तुत हेर्छस् । कस्तो शब्द , कस्तो कुरा , कुन कामुकताको शिखर उक्लेर कसरी बोलेकी छस् सुन्छेस् ? “ उसको लोग्नेले मोबाइल खोलेर फोटो निकाल्यो र रेकर्ड गरेको कुरा अन गर्यो । ऊ लाज , डर र पछुतोले पानीपानी भई । धुरुधुरु रुँदै थुचुक्क बसेर लोग्नेको खुट्टा समाती ।

कोरोनासँग

प्रेमिल त्यो मृत्युको पल अव्यक्त शून्यताको चिच्याहटले उछिटिएर कुलेलम ठोकेको थियो याद छ कोरोना तिमीलाई कोरोना मेरी प्यारी कोरोना, जबजब मान्छेमा पशुत्व अंकुरित हुन थाल्दछ यस्तै लिएर रूप बराबरबराबर अवतरित हुनु तिमी यो धरती धाममा तिमीलाई थाहै छ कोरोना त्राशै त्राशको पर्खाल सजाएर मान्छे सगौरव नीलमणिजस्तो यो प्यारो धरतीलाई मसान बनाउन घम्साघम्सीमा आ–आफ्ना नापनक्साहरू आकाशको उचाइमा टेकेर दम्भ र अहंको उडान भर्ने गर्दछन् ‘ र,भन कोरोना तिमी कहाँबाट आयौ ? कताबाट आयौ ? आयौ त आयौ तिमी जस्तो सारा प्रपञ्च फोडेर आयौ।

गाउँ छोडी शहरमा बसें माफ गर

जिन्दगीमा अलिअलि फसें माफ गर गाउँ छोडी शहरमा बसें माफ गर अमृतभन्दा जहर पो राम्रो जस्तो लाग्यो त्यै भ्रममा शहरमै पसें माफ गर जन्मँदैको आफ्नै रूप फेर्न हतार हुँदा शहरको पाउडर घसें माफ गर।

डा.पुष्करराज भट्टका कोरोना केन्द्रित पाँच लघुकथा

रोग ठीक भएर घरमा छोराले सोध्यो, ‘अब कस्तो छ बा ?’ ‘पैसाको हिसाबकिताब जति सजिलो रहेछ, जिन्दगीको हिसाब गाह्रो रहेछ, मैले जानिँन बाबु जानिँन् ।’ ऊ बालक जसरी जोरजोरले रुन थाल्यो ।

मायाको कुनै वजन हुन्न न त जोख्ने साधन हुन्छ

मायाको कुनै वजन हुन्न न त जोख्ने साधन हुन्छ आकार पनि त केही हुन्न दिलमा राख्ने ठाउँ हुन्छ त्यसैले प्रिय तिम्रो मुस्कानमा मोहनी मन्तर रहेछ तरङ्ग चल्यो स्पर्शले यो मनले त्यो मन रोजेछ।

लता केसीका पाँच लघुकथा

हिँडन खोज्दा रिङ्गटा लागेजस्तो भयो । लडिन् । बौरिँदा झमक्क भयो । डोकोको वरिपरि माग्नेलाई झैँ पैसा फालिएको थियो। अाश्चर्य मान्दै मनमनै गुनिन् - `` कुनै धर्मात्मा टोलीको काम होला । बुढी मरिछे भनेर फ्यालेका होलान् । मरेपछि माया र सम्मान पोख्ने जात, मान्छे न हो ! ´´

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्