२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

शिरमा सजाई महुरेडाँडा रावासँग हाँस्छिन्

मुक्तक

 नानुमैया दाहाल

                                                                         

१)

  म दिन्छु फूल उपहार काँडा फिर्ता गर्छौ तिमी

  म दिन्छु पियुषको बेर्ना विष विज छर्छौ तिमी

  म चाहन्छु छाओस् वसन्त तिम्रो जीवनमा सधैं

  घाम फुल्दा मेरो निधारमा ईर्ष्याले बसाइ सर्छौ तिमी ।

२)

  ओढेर उसको श्रमको आकाश उसकै उपहास गर्नु किन  

  बाँचेर उसको सीपको सहारामा विभेदको बीउ छर्नु किन  

  स्वाभिमानी छ, पौरखी छ र पसीना रोपिरहन्छ हरदिन

  तैपनि अछूत ठानेर उसलाई समीपबाट टाढा सर्नु किन ?

३)

  निष्ठा जल्दैन

  विचार गल्दैन

  तिम्रो यातनाले

  आस्था ढल्दैन ।

४)

  कोइलीले परिवर्तनको भाव गा’को छैन जलजला

  रातो गुराँसको सौन्दर्य कतै छा’को छैन जलजला

  गर्न त गरे शिशिरको पीडा हटाइसकेको उद्घोष

  अझै यहाँ वास्तविक वसन्त आ’को छैन जलजला ।

५)

  आँधीहुरी चल्न सक्छ तर सतिसाल झुक्नु हुन्न

  अवसरको थात लागे पनि राता मान्छे चुक्नु हुन्न

  ठेस लाग्ला यात्रामा या प्राप्ति होला थोरै उपलब्धि

  गन्तव्यमा नपुगेसम्म विश्राम विगुल फुक्नु हुन्न ।

६)

शिरमा सजाई महुरेडाँडा रावासँग हाँस्छिन्

  रुभुङ, थुम्की, काफ्ले, रेलुङ वक्षस्थलमा टाँस्छिन्

  ब्राम्हण, मगर, राई, नेवार लगायतका जाति

  अनेकताबीच एकताको सुन्दर माला गाँस्छिन् ।

प्रकाशित: १८ भाद्र २०७७ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App