८ वैशाख २०८१ शनिबार
कला

कल्पना सुवेदीका १० मुक्तक

मुक्तक

कल्पना सुवेदी

प्यारी बस्ने नाम ठेगाना घर शहर सेलेक्ट गरें  

विवाह अघिका सबै प्रहरहरू अपडेट गरें  

प्रेमको भाइरस बस्ने मुटुभित्र तिम्रै नाम खोपें

भूतपूर्व प्रेमीका रेकर्ड स्टेबलमा ट्रङकेट गरें ।  

०००

मायाको बाछिट्टाले सुस्तरी सताउने नगर

प्रतिक्षै प्रतिक्षामा यो तन जलाउने नगर

तिमीले रातो घुम्टोको मुनि सितारा गनी बस्दा

सेतो कात्रो भित्रको मसंग लजाउने नगर।  

०००

जवानीमा तिम्रो साथ चारानीले दुख्दा

अधबैंसमा छोराको खरानीले दुख्दा

सकिनँ सति जान कालले घृणा गर्दा  

बाँचेकै छु पीडामा सिरानीले दुख्दा।  

०००

निशब्द तिमी किन बस्छौ अक्षरले हाने पुग्छ

घाउको डोब मेरो मलमपट्टीले ताने पुग्छ

कालो बिख वमन गरेर बोल्ने किन भन्छौ

अजरअमर भएर अरूलाई झाने पुग्छ।

०००

तिम्रा ती चन्चल नजरमा भएका जाम पिएर जान्छु

तिमीले सास फेरेर छाडेको अक्सिजन लिएर जान्छु

तिमीले आफूलाई सेलमा राखेर के बिग्रियो त प्रिय

मायाको खरिददार हुँ साँवाब्याज दुवै दिएर जान्छु।  

०००

हेरिरहूँजस्तो लाग्ने किलर नजर हजुर

राजी जिन्दगीभर पौडिन त्यहीँ जरुर

खोपे ट्याटु सिधै दिलमा साथ संगै रहन

बाढी आई बगाई लगे हुने छैन उजुर।  

०००

देब्रे मुटु चसक्क चस्किँदा बैगुनी तिमी याद आयौं

छौकी वरपर भन्दै छाम्दा सिरानी तिमी याद आयौं

स्क्रोल गरी हेरें फेसबुकमा अतितका लगहरू  

मायामा बिन्दास पिक भेटे जवानी तिमी याद आयौ।  

०००

जिन्दगी फरक ढंगले जिउनुको मजा बेग्लै

तिमीलाई हेरेर थोरै पिउनुको मजा बेग्लै

चालिस काटेर पातलिएको मेरो मायालाई

बिस्तारै च्यातिएको भान दिई सिउनुको मजा बेग्लै।  

०००

तिमीलाई म मन परेको भए सिधै किन बोलिनौं

दिलमा सेभ गरेर किन मायाको खुलासा गरिनौं

जब तिम्रो दिलको फोल्डरमा आफूलाई कैद गरें  

सिधै दिलको डिस्क फम्र्याट गरी बाँकी केही राखिनौं।  

०००

हावा लागेर भौतारिदैं जाँदा तिम्रो हातमा नजर प-यो  

ढुंगा ठोक्किँदै जाँदा खिइएर तिम्रो लातमा नजर प-यो  

कहिल्यै नसुत्ने शहरको सडकमा लम्पसार पर्दा  

तिम्रै नामको डोलीको परिक्रमाले रातमा नजर प-यो।  

(मुक्तककार सुवेदी अमेरिकाको भर्जिनियामा बसोबास गर्छिन्।)

प्रकाशित: १७ भाद्र २०७७ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App