२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

जस्ता मान्छे, उस्तै सञ्जाल

कहिले होला आङ् ढाक्ने, अनि जाडो छल्ने आउँदैन कि दिन पनि, निर्धक्क भै बस्ने ? पानी छैन, सफाइ छैन, महङ्गीले आकाश छोयो सबैतिर सोच्दासोच्दै, मन अति रोयो !

अपरिचित प्रश्न

केही थान याद केही थान एक्लोपन केही थान आँसु र केही थान छटपटी मात्रै हैन मेरो आफ्नै आयु पनि पो बोकेर दौडिरहेको रहेछु।जब बत्तिएर पर पुगे अपरिचित प्रश्न आयो के मर्न मन छ बाइकवालाको थियो ।

रम्नु छ भोलिको उदाउँदो सूर्य बनेर

अनि मजस्तै बेरोजगारहरूको रोजगारी बन्न कुनै देशको मालिकहरूको गुलाममा पसीना बगाउन आतुर गुइँठे र हर्केजस्तै भएर रम्नु छ भोलिको उदाउँदो सूर्य बनेर ।

यो मन त्यतै धाउँछ

एक्लै बस्दा एक्लै हिँड्दा सधैं याद आउने, जति पीडा भए पनि मन चै त्यतै धाउने। न त तिमी आफ्नो हुने न त भुल्न सक्ने, तिम्रो सम्झनामा अब दिन बिताई बस्ने । खाएकी थियौ कसम तिम्ले सँगै जिउने मर्ने, कसम तोडी तिमी गयौ मैले खै के भन्ने ।

स्वर्गद्वारीको स्वर्ग

आखिर जानु नै थियो । बुवाआमालाई कुनै मान्छेले यसो अलिकति ठाउँ छोडिदिए । हामी अरू भने उभिएरै त्यो बाटो बसमा यात्रा गर्न थाल्यौँ । अलि वादविवाद गर्न थाल्यो भने आमा भन्नुहुन्थ्यो – हामी तीर्थमा हिँडेका मान्छेले झगडा गर्न हुँदैन बाबु । भो छोड्देऊ ।

मधु

मधु त्यहीँ सपना देख्न थाली चित्रेहलको । चित्रेहलमा सम्पादकले मधुलाई अँगालो हाले । घरि उस्का कपाल सुमसुम्याएको देख्छे । कहिले ऊ तरकारी पसले सुरेशकी स्वास्नी चित्रेहल प्रवेश गरेकै दिन पत्रिका सम्पादककी प्यारी हुन पुगेकी छ । यसरी सपनामा मधु सम्पादकका जति जति नजिकिन्छे उति – उति मास्टर साहेबलाई ठेल्दै गरेकी थिई । उस्को टाउको मास्टर साहेबका तिघ्रातिर नुहिन थाल्यो । केहीबेरपछि मधु

अभियन्ता

हातहातमा बोकेका प्लेकार्ड भुइँमा राखेर उनीहरूले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले अनि कसैले विदेशी मदिरा गिलासमा खन्याएर र कसैले बोतलबाटै पिउन थाले ।

बेवारिसे लास

लासमा कोरोना नेगेटिभ देखियो । पोष्टमार्टमको रिपोर्टमा आमाशयमा अन्नको चिन्ह समेत देखिएन । लामो समयसम्म खान नपाएकाले हृदयगति बन्द भई मृत्यु भएको लेखिएको थियो।

प्रेम

प्रेम नै जून हो प्रेम नै घाम हो प्रेम नै कृष्ण हो प्रेम नै राम हो प्रेम नै लुम्बिनी प्रेम नै बुद्ध हो प्रेम गान्धी हुने फूल हो शुद्ध हो।

पिताजीका जीवनका महत्वपूर्ण कोसेढुंगा

पिताजीको बाल्यावस्था र किशोरावस्थाको जीवनशैली रामकृष्ण परमहंससँग मिल्दोजुल्दो छ। यो मिल्नु एउटा संयोग मात्र हो। त्यतिबेला पिताजीसँग रामकृष्ण परमहंसलाई सुन्ने, पढ्ने र जान्ने माध्यम थिएन। तर, पिताजीको युवावस्थाको जीवनदर्शन रामकृष्ण परमहंससँग मिल्नु संयोग मात्र नभई आर्जित प्रभाव हुन सक्छ।

कालिञ्चोक यात्रा

दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

संकल्प

दाम्पत्य जीवनको करिब २६ वर्ष। अनि भोलि जन्म दिन पनि। एक्लै मनाउँदैछु। त्यो पनि डेरामा। अरूले हैन, आफैँले आफैँलाई अनमोल उपहार दिने तयारीमा छु– झुट, धोका र आडम्बर तोड्ने अनि आफूप्रतिको विश्वास र आस्थासँग रमाउने। मैले यसो गर्नै छ, किनकि फेरि यो धर्तीमा एकपटक जन्मनु छ। छुट्टै पहिचान बनाउनु छ।

कोराना कहर

कोरोना कसरी बढेर जगमा मान्छे निशाना भयो कस्तो रोग विषाक्त भो जगतमा आँधी बनी फैलियो राजा रङ्क सबै समान उसले कोही नछोड्ने भयो मीठो स्वाद लिई चपाई कहिल्यै आँसु नझार्ने छ यो।

जसको हातमा बन्दुक र हृदयमा कविता थियो

आफू सेनाको जागिरे भइञ्जेल उनी हातमा बन्दुक र हृदयभरि कविता बोकेर अत्यासपूर्ण जीवन बाँचे ।साठीको दशक नेपालभरि सशस्त्र जनयुद्धको आगो दन्किएको थियो । युद्धले आक्रान्त देशको कुनै कुना सुरक्षित थिएन । कवि टीबी त्यो समयकाललाई स्मरण गर्दै बोल्छन् ‘ऊ बेला मर्नु डर लाग्दैनाथ्यो, बरु मार्नु डर लाग्थ्यो ।’

भूमिका

एउटाले सीता कतै गएकी होला, आइहाल्छे किन चिन्ता गर्ने अनाहकमा भने ।अर्कोले खोज जारी राख्नपर्छ भेटिहाल्छ नि भने । अर्कोले माइत पो गई कि भन्ने शंका व्यक्त गरे। एउटाले त सीता आफूखुशी गएकी होला । उनलाई पनि कतै जाने हक छ । त्यसैले खोज्नु बेकार छ भनेर तर्क राखे ।अन्तमा एउटाले सल्लाह दियो – रामले हराएको सीतालाई कुरेर बस्ने होइन । अर्को सीता खोजेर बिहे गर्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्