जति बिर्सौ भन्छु तिमीलाई, उति याद आउँछ,
जति टाढा हुन्छु भन्छु, यो मन त्यतै धाउँछ ।
तिम्रो जस्तै कठोर मन, मेरो हवस् भनी,
कति प्रयास गर्छु तर भएन यो मन पनि।
एक्लै बस्दा एक्लै हिँड्दा सधैं याद आउने,
जति पीडा भए पनि मन चै त्यतै धाउने।
न त तिमी आफ्नो हुने न त भुल्न सक्ने,
तिम्रो सम्झनामा अब दिन बिताई बस्ने ।
खाएकी थियौ कसम तिम्ले सँगै जिउने मर्ने,
कसम तोडी तिमी गयौ मैले खै के भन्ने ।
प्रकाशित: १० माघ २०७७ १०:३१ शनिबार