१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बूढो चिलाउने

हिजोका बालदौंतरीहरू त आज कहाँ पुगे। म कहाँ पुगें तर पनि, त्यो चिलाउनेको रूख त्यहीं छ। अझै ढलेको छैन। अझै पालुवा फेरिरहेकै छ। फूल फुलाइरहेकै छ। चराहरूलाई आश्रय दिइरहेकै छ। आजकल म शहरबासी भए पनि बेलाबेला गाउँ जाँदा त्यो चिलाउनेको फेदमा एकछिन बस्ने गर्छु। त्यो बाँझो चहुर र ढुङ्गाहरूमा बसेर ऊ बेलाका रमाइला क्षण सम्झने गर्छु। वारिपारि हेर्दै गीत गुन्गुनाउने गर्छु। जुनेली रात भए त झन् हुरुक्कै हुन्छु।

खबरदारी

छोराको तर्क सुनेर चेतन फेरि गम्भीर बने। उनले भने,‘हो, छोरा भित्र जे भए पनि अरूले देख्दा एक भएर घरनीति र व्यवहारनीति बलियो बनाई कूटनीतिक क्षमता देखाउन सक्नुपर्ने! विवेक नभएका यी राजनीतिक बेइमानहरूकै कारण देश छिन्नभिन्न भो। जनताको आवश्यक खबरदारी पनि देखिएन।’

तिमीले चुँडेर फ्याँकेको दोबाटोको फूल हुँ म

तिमीले चुँडेर फ्याँकेको दोबाटोको फूल हुँ म,चोटहरूको हिसाब छैन जसले पनि कुल्चेर हिंड्छन्। न फूल भइ हाँस्न दियौ न फूल भई बाँच्न दियौ, न देवताको पाउमा पुगें न गलाको माला बनायौ।

मातृ वात्सल्य

हुन त उनी आजभन्दा २५ वर्ष अगाडि नै पागल भएकी थिइन्। जब उनलाई डाक्टरले शल्यक्रिया गर्न भन्यो अनि तर उनले मानिनन्। बरु उनी मर्न तयार भइन् तर तिमीलाई असर पर्ला भनेर शल्यक्रिया गराइनन्।

गणनामा छुटेकी ऊ

भोलिपल्ट सन्तु छोरो बोकेर पालिका पुगी। पालिकामा आफ्नो नाम दर्ता गराउन खोजी। कर्मचारीले उसँग नागरिकता मागे। बिनाबाबुकी उसँग नागरिकता थिएन। फरक्क फर्केर आई।

मित्रता

तिमी जति देख्दै जान्छौ, जति बुझ्दै जान्छौ, संसार झन् जटिल हुँदै जाने रहेछ भाइ। संसार जटिल हुनु नै जीवन जटिल हुनु रहेछ। यही जटिलताबाट जीवनमा सरलता ल्याउन म तिमीसँग मित्रता गाँसेर रमाउन चाहन्छु।

कमिला

देख्दा फुच्चे भए नि जुट्छन् ठूलै काममा केही परी आएमा हुन्छन् एकै ठाममा छैन पेट अमिलो, छैन मन धमिलो एकता र मित्रतामा रम्ने जात हो कमिलो तनको सानो भए नि मनको ठूलो छाती हिंड्छन्, हिंड्छन्, हिंडिरहन्छन् भई साथीसाथी!

हराएको माया

छोराले आफ्नो पीडा मनैभित्र लुकाएर बोलेको देखेर गजानन्द हेरेको हेर्‍यै भयो। छोरातिर एकपल्ट पुलुक्क हेर्‍यो। छोराको मुहार धपक्क बलेको देख्यो उसले। बलेको उज्यालो छोराको मुहारले ‘बा, पिर नगर, म छु नि’ भनिरहेको जस्तै लाग्यो उसलाई।

स्वाभिमानका पहाडहरू

मञ्जरीमा एक थरी छन् वैभव विलासितामा पौड्नेहरू जो सधैं कल्पनाको उडानमा रहन्छन् अर्का थरी छन् नकारात्मकका पनडुब्बीमा वागी पदयात्रीहरू जो सधैं अवरोध र अन्योलको कुरा गर्छन्!

मान्यता

शरीरका विभिन्न अंगहरूको परिचय र महत्वबारे गुरुले आफ्नो विद्वता बाँड्नुभयो। सबैतिर आँखा घुमाउँदै प्रश्न सोध्नुभयो, ‘हाम्रा आँखाहरूले देखेका विषयलाई हातले के गर्छ?’

पत्रकार एवं साहित्यकार बिके पाल्पालीको निधन

मृगौला रोगबाट ग्रसित पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। विगत ९ वर्षदेखि मृगौला रोगसँग लड्दै आएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।

तपाई गधा म झनै गधा

हाम्रा मन्त्री महोदयहरू कति सत्यवादी छन्। चारो खानेहरूले नै फारो भएर देशको बागडोर सम्हालिरहेका छन्। तपाई चैं गधाजस्तो रातदिन खटेर पनि एक मुठी जाउलो जुराउन तपाई अहर्निश पानी बाहिरको माछाजस्तो छटपटिरहनुहुन्छ। तर पनि तपाई शान्त गधाजस्तै। यो तपाईको अभ्यास हो। यसलाई ‘गधाभ्यास’ भनिन्छ।

समय

हो,यसरी नै उसले सबैतिर सचेत गर्दै ध्यान दिन्छ अनि आफै गर्व पनि गर्छ र रवाफ लगाउँछ, ‘भन्छ, म जे पनि गर्न सक्छु। होसियार बस होसियार बस। थाहा छ म को हुँ! चिन्या छ, म त समय हुँ समय!

धुम्राच्छादित

नरमेध अनुष्ठाता चँगेज खाँको आराधना लिप्त छ ट्यांकले पेलियोस् वा परमाणु बम विष्फोटन होस् बाल्कनको घाउ दुख्छ, बल्झन्छ र रगत पिप बग्दछ शरशैय्या झेल्न विवश भीष्म बन्द गर अब मृत्यु गीतका कर्कश धूनहरू बालकले तिम्रा ट्यांकतिर पिसाब गर्दैछ!

याद आउँछ हरेक पल भुल्ने छैन कहिल्यै

याद आउँछ हरेक पल भुल्ने छैन कहिल्यै,कतै पहाड कतै समथल भुल्ने छैन कहिल्यै। जिन्दगीमा यात्राले जति उचाइ लिए पनि,आफूले टेकेको धरातल भुल्ने छैन कहिल्यै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्