७ वैशाख २०८१ शुक्रबार

यौन हिंसाविरुद्ध गोल्डेन ग्लोब अवार्डमा अभिनेत्रीहरु (फोटोफिचर)

अभिनेत्री निकोल किडम्यानले ‘बिग लिटल लाइज’ बाट ‘ यसवर्षको गोल्डेन ग्लोब अवार्ड २०१८ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनको ‘बिग लिटल लाइज’ले उत्कृष्ट अभिनेत्रीसहित चार विधामा अवार्ड जित्न सफल भएको थियो । गत आईतबार राति क्यालिफोनियामा आयोजित ७५ औं गोल्डेन ग्लोब अवार्ड वितरण कार्यक्रममा ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यसवर्षको ‘सेसिल बी डिमिली अवार्ड’ भने प्रस्तोता ओपरा विनफेरीले हात पारेकी थिइन् ।

चिसोमा कष्टकर दैनिकी गुजार्दै भूकम्प पीडित (फोटोफिचर )

महाविनाशकारी भूकम्प गएको बीस महिना बितिसक्दा पनि सहयोग नपाएपछि सहलकोटका भूकम्प पीडितको दैनिकी झनै कष्टकर बनेको छ। गाउँमा प्राय सबै घरका मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या देखिन थालेका छ। धेरैलाई निमोनिया, जण्डिस, दम, झाडापखाला तथा रुखाखोकीको समस्याले ग्रसित भएका छन्।

शितल निवासमा राष्ट्रपतिको टीका (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्। शितल निवासमा राष्ट्रपति भण्डारीले आफन्तलाई टीका लगाइ दिएकी हुन्। राष्ट्रपतिको हातबाट टीका थाप्न राष्ट्रपति निकास पुगेका थिए। शितल निवासमा मंगलबार शुभसाइतमा कान्छी छोरी तथा परिवारका अन्य सदस्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्