बाँके राष्ट्रिय निकुञ्ज: अकालमा मृत्युवरण गर्दै वन्यजन्तु
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ।
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ।
मान्छे खाएर आतंकित बनाएको बाघ खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो। निकुञ्जको खैरी पोस्ट क्षेत्रमा राखिएको खोरबाट मंगलबार बिहान ६ बजेतिर भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्व–पश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।
फलामको खोर बनाएर नियन्त्रणमा राखिएको उक्त बाघ सोमबार बिहान खोर भत्काएर भागेको निकुञ्जका वार्डेन श्याकुमार शाहले जानकारी दिए । ‘बर्दियाबाट उक्त बाघ हामीहरुलाई नियन्त्रणमा राख्नका लागि भनेर जिम्मा दिईएको थियो,’ उनले भने ‘खोर बनाएर राखिएको पनि थियो, तर सोमबार बिहान ६ बजेतिर खोर भत्काएरै भाग्यो ।’