९ मंसिर २०८१ आइतबार
image/svg+xml

कर्ण शाक्यले फेवा किनारमा बनाएको होटलबारे छानविन गर्न सरकारद्वारा समिति गठन

सरकारले फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न समिति गठन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो।

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

नेपालकै नमुना राजमार्गको रुपमा रहेको विपी राजमार्गमा ठुला सवारीलाई निर्वाध रुपमा सञ्चालनका लागि अनुमति दिएसँगै यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

केन्द्र र प्रदेश सरकार परिपूरक : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय सरकार र प्रदेश सरकार एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक संस्था भएकाले सोही अनुसार बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘संघ र प्रदेशलाई यहाँ प्रतिस्पर्धीका रुपमा हेरियो, खासमा प्रदेश र संघ एकअर्काका परिपूरक हुन्, प्रतिस्पर्धी होइनन्,’ अर्थमन्त्री खतिवडाले भने, ‘पहिलोपटक प्रदेशलाई बजेट छुट्याएर अभ्यास गरौं, अब अर्को आर्थिक वर्षमा थप छुट्याउँछौं।’ उनका अनुसार संविधानमा उल्लेख भएको संघ र प्रदेशको अधिकार र दायित्वलाई आधार मानेर बजेट विनियोजन गरिएको हो।

सरकारमा थपिए दुई मन्त्री

संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राईले शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन्।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

संघीय समाजवादी फोरम आजै सरकारमा जाने भएको छ। स्रोतका अनुसार आज ३ बजे शीतल निवासमा दुई मन्त्रीले सपथ लिने छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र इस्तियाक राई शहरी विकास मन्त्रीको रुपमा सरकारमा सहभागि हुँदैछन्।

‘अफगान सरकार र तालिबानबीच गोप्य बैठक’

युद्धविरामबारे छलफल गर्न तालिबानले अफगान अधिकारीसँग गोप्य बैठक गरेको अमेरिकी सेनाले जनाएको छ।

पार्टीकरणमा लाग्यो सरकार : महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी ओली नेतृत्वको सरकार राज्यका सबै निकायलाई पार्टीकरण गर्न लागिपरेको बताएका छन्। अदालतदेखि सबै निकायमा आफ्नो हैकम कायम गर्न लामो सयमदेखि रिक्त प्रधानन्यायाधीश नियुक्त गर्न सरकारले चासो नदिएको उनले बताए।

‘सरकार! सिन्डिकेट खारेजीको महुसस भएन’

‘यातायातमा सिन्डिकेट खारेज भयो’ माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे। समाचार पढेपछि थापालाई लागेको थियो, ‘सिन्डिकेट खारेज भएछ। अब उपत्यकामा आवतजावत गर्न सहज हुने भयो।’ भक्तपुरका थापा काठमाडौंमा एक बहुद्देश्यी सहकारीमा काम गर्थे। उनी दिनहुँँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए। सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए– सहज तथा सुलभ यात्रा गर्न पाइने भयो भनेर।

२६ अर्बको बजेट ल्याउने प्रदेश सरकारको तयारी

प्रदेश नं. ४ को आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटको लागि बिहिबारदेखि प्रारम्भिक छलफल सुरु हुने भएको छ। प्रदेशसभा नियमावलीको नियम १३३ अनुसार विनियोजन विधेयक प्रस्तुत गर्नुपूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सिद्धान्तमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस भनि अर्थमन्त्रीले प्रस्ताव राख्नुपर्ने प्रावधान छ।

जनताका लागि वर्तमान सरकार अन्तिम आशा : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भरोसालाई तल माथी पर्न नदिने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई आत्मसाथ गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।

सरकारमा जान फाेरमले राजपासँग छलफल गर्ने, राजपा नेता भने सशंकित

सरकारमा जाने सहमति गरेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)सँग पनि सल्लाह गर्ने भएका छन् ।

संघीय सरकारकाे बजेट कति ?

सरकारले २०७५–०७६ को बजेट आज प्रस्तुत गर्दैछ । संघीय संसदको दुवै सदनको ४ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

बीपी राजमार्गमा ३२ सिटका बस र १६ टनका ट्रक–टिपरलाई गुड्न दिने सरकारको निर्णय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गको धुलिखेल–खुर्कोट–सिन्धुली सडक खण्डमा ३२ सिटसम्मका बस र १६ टनसम्मका ट्रक–टिपर गुड्न पाउने व्यवस्था गरेको छ।

प्रधानमन्त्री अोलीकै शब्दमा : सरकारका १०० दिन (भिडियो)

सरकारका सय दिनका कामहरुको भिडियो प्रस्तुतिमा पिन माइक लगाएर बोलेका प्रधानमन्त्री निकै उत्साहि देखिएका छन् । उनको वाचनशैली बोल्ड देखिन्छ। कम्युनिष्टहरुको प्रोप्रोगान्डा शैली भनेर टिप्पणी गर्नेहरुलाई सघाउने शैलीको भिडियो प्रस्तुति तारिफयोग्य छ। प्रम्पटरमा हेरेर वाचन गरेका प्रधानमन्त्री कुनै व्यवसायिक टेलिभिजन प्रस्तोता भन्दा कम छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्