१९ वैशाख २०८१ बुधबार
image/svg+xml

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

वसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व (फोटोफिचर)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।

भ्रमण वर्ष सफल पार्न पशुपतिदेखि वसन्तपुरसम्म पदयात्रा

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन राजधानीका सम्पदा सफाइ गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिबाट वसन्तपुरसम्म पदयात्रा गरिएको छ।

वसन्तपुरमा पार्किङ गर्न रोक

वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका मेयर काठमाडौं आउने

वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले जात्राको तयारी र व्यवस्थापन गरेका छन्।

वसन्तपुर क्षेत्रमा प्रधानमन्त्री (फाेटाे फिचर)

उक्त सभाको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले स्मृति सभापछि वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायत संरचनाको अवलोकन गरेका थिए।

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख घुस माग्ने पक्राउ

यशोधरा गाउपालिका–३ स्थित वसन्तपुर मावि व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुस रकमसहित शनिबार बिहान तौलिहवबाट पक्राउ परेका छन्।

सिक्का जम्मा गरेर धनी बनेका गम्भीरध्वज (भिडियाे)

६५ वर्षीय गम्भीरध्वज जोशीले वसन्तपुरको लक्ष्मीनारायण मन्दिर तल सिक्का व्यापार थालेको ५० वर्ष बढी भैसक्यो। नेपाल बैंक सुरु हुनु अघि विदेशी लाहुरेहरु उनको पसलमा पैसा साट्न आउँथे।

पुलिसका दिनेशलाई सफलता

राष्ट्रिय टिमका पूर्वसदस्यसमेत रहेका नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

हनुमानढोका परिसरका फुटपाथ पसल हटाइए

वसन्तपुर क्षेत्रको समस्या समाधानका लागि बनाइएको गठित कार्यदलले हनुमानढोका वरिपरि राखिएको अव्यवस्थित फुटपाथका पसल बुधबार हटाएको छ। फुटपाथले गर्दा सवारी जाम, पर्यटकलाई सास्ती जस्ता समस्या आएपछि पसलहरू हटाइएको हो।

यसरी हाँसे कालभैरव

काठमाडौँको हनुमानढोका नजिकै वसन्तपुरमा एउटा विशाल मूर्ति छ, कालभैरवको। सयौँ वर्ष अघिदेखि नै त्यहाँ विशिष्ट पदाधिकारीहरूलाई शपथग्रहण गराउने चलन रहेछ। त्यहाँ पुगेपछि घोर पापीसमेत डराउँथे भन्छन्, बूढापाकाहरू। जंगी, निजामती र प्रहरीका ठालुहरूले पनि कालभैरवलाई सर्वेसर्वा ठान्थे। त्यसबेलाको धार्मिक समाजमा कालभैरव देवता मात्र थिएनन्, अख्तियार दुरुपयोग रोक्ने मनोवैज्ञानिक शक्ति थिए। त्यहाँ गएर असत्य बोल्नेहरू रगत छाँदेर मर्छन् भन्ने जनविश्वास थियो।

अस्तव्यस्त छ वसन्तपुर दरबार क्षेत्र

सडक किनारभरि सवारी पार्किङले भरिएको छ। फुटपाथ पसलले पैदलयात्रु हिँड्ने बाटो छैन। त्यसमाथि फोहरको थुप्रोले दुर्गन्ध फैलिएको छ। गएको शनिबार वसन्तपुरको हनुमानढोका दरबार क्षेत्र पुग्दा देखिएको दृश्य हो यो। यति हुँदाहुँदै पनि त्यसको रेखदेख र समाधान गर्न खटिएको नगर प्रहरी रमिते बनेको छ। नगर प्रहरीले समस्यालाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

वसन्तपुरको सानो गल्ली । गल्लीसँगै जोडिएका अग्ला घरहरू । यिनै घरको एक कोठामा बसिरहेकी थिइन्, ज्ञानमाया मानन्धर । दुई साताअघि उनी बस्ने घर पुग्दा कोठाको ढोका खुला थियो । ज्ञानमाया बेडमा पल्टिरहेकी थिइन् । बेडको साइडमा केरा र सुन्तला मिलाएर राखिएको थियो ।

वसन्तपुरमा एकै दिन १३ लाख आम्दानी

सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख आम्दानी भएको छ।

राष्ट्रपतिले जात्रा अवलोकन गर्ने

काठमाडौं चर्चित इन्द्रजात्राले वसन्तपुर क्षेत्रमा रौनक थपेको छ । जात्रा सुरु भएयता यस क्षेत्रमा अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । जात्रा हेर्न पर्यटक पनि आउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्