३० असार २०८३ मंगलबार
image/svg+xml

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ।

कपिलवस्तुमा दुई बस जुध्दा २४ जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका-७ घेरुवाबनगाइमा मंगलबार दिउँसो दुई बस एकआपसमा जुध्दा २४ जना घाइते भएका छन्।

भोलिदेखि बजारमा १४.२ केजीकै पूरा सिलिन्डर पठाइने

नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

नर्वेली फुटबल टोलीलाई ओस्लोमा भव्य स्वागत

फिफा विश्वकपको क्वाटरफाइनलबाट बाहिरिए पनि नर्वेली राष्ट्रिय फुटबल टोलीलाई राजधानी ओस्लोमा भव्य स्वागत गरिएको छ।

‘सवारी आतंक’ नियोजित होइन, संलग्न जो भए पनि कारबाही हुन्छ: सरकार

सरकारले कानुनविपरीत र जथाभाबी रूपमा सवारीसाधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो-कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

उखु किसानको २२ करोड ठगी प्रकरणमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

उखु किसानको करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी फरार रहेका अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।

बेइमानी गर्ने सहकारी सञ्चालकलाई कारबाही हुन्छ : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताएका छन्।

बढ्दै इरान-अमेरिका तनाव : आफ्ना नागरिक मारिएपछि भारतले इरानी कूटनीतिज्ञलाई बोलायो

यसको जवाफमा इरानले कुवेत, बहराइन, जोर्डन र होर्मुज क्षेत्रमा रहेका तेल सुपरट्यांकरहरूमा आक्रमण गरेको छ।

हेटौंडा–काठमाडौं जोड्ने सडकहरूमा रात्रिकालीन सवारी सञ्चालन बन्द

बाढी, पहिरो तथा ढुङ्गा खस्ने उच्च जोखिमका कारण हेटौंडा–काठमाडौं जोड्ने प्रमुख सडकखण्डहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

गृहमन्त्रीसँग मिटरब्याज पीडितको गुनासो : श्रीमान् मारिए, घडेरी खोसियो, अब न्याय चाहियो

मिटरब्याज पीडित एक महिलाले गृहमन्त्री समक्ष मिटरब्याजलेश्रीमान् मारिएको र घडेरी खोसिएकोले न्याय दिलाउन आग्रह गरेकी छिन्।

युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी

युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ।

भ्रष्टाचारविरुद्ध कठोर राष्ट्रपति सी : पूर्वपोलिटब्युरो सदस्य पार्टीबाट निष्कासित

उनीमाथि अनुचित रुपमा उपहार र पैसा स्वीकार गरेको, आफन्तलाई कम मूल्यमा घर खरिद गर्न सघाएको र ‘शक्ति र पैसाको आडमा यौन कारोबार’ मा संलग्न रहेको आरोप छ।

नेपाल वायुसेवा निगममा महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा नियुक्त गर्दै महाप्रबन्धकको जिम्मेवारीसमेत प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्