२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

क्रिकेटको स्वर्ण एपिएफलाई

भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा सशस्त्र प्रहरीको एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई ३३ रनले हराएपछि क्रिकेटका सबै पदकमा विभागीय टोलीले कब्जा गरेका छन्।

जिम्न्यास्टिकमा राजुले जिते ६ स्वर्ण

एपिएफका राजु राईले सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा ६ स्वर्ण पदक जितेका छन्। धुलाबारीस्थित पासाङ ल्हामु कभर्ड हलमा सकिएको प्रतियोगितामा राजुले उत्कृष्ट नतिजा निकालेपछि एपिएफले सर्वाधिक १० स्वर्ण पदक जित्यो।

आर्मीको पोल्टामा ११ बक्सिङ स्वर्ण

सातौं राष्ट्रिय खेलकुदको बक्सिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पदक तालिकाको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ। भद्रपुरस्थित मेची रंगशालामा बिहीबार अन्तिम दिन आर्मीले ११ स्वर्ण पदक, ६ रजत र २ कांस्य पदक जितेर आफूलाई बक्सिङमा अब्बल साबित गरेको छ।

भलिबलमा १५ वर्षपछि आर्मीको स्वर्ण

अनुभवी विभागीय टोली आर्मीको पुरुष भलिबल टोलीले १५ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको छ। बुधबार आर्मीले एपिएफलाई ३–२ सेटमा हराउँदै स्वर्ण जित्यो। पछिल्लो पटक आर्मीले नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थियो।

सेनालाई तेक्वान्दोमा ११ स्वर्ण

नेपाल प्रहरीका निश्चलमान श्रेष्ठ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुँदा स्वास्थ्यले साथ नदेला र खेल्नै नपाइने हो कि भनेर चिन्तित थिए। स्वास्थ्यमा कुनै समस्या नआएपछि उनले स्वर्ण पदक ताकेर पुरुषतर्फको ७४ केजीमुनि तौल समूहमा सहभागी भए। नभन्दै उनले चिताए अनुसार स्वर्ण पदक नै जितिछाडे।

सेनाका बक्सरले लगे ५ स्वर्ण

झापाको चन्द्रगढीस्थित मेची रंगशालामा भइरहेको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा बुधबार त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण पदक जितेको छ। ३ स्वर्ण पदकसहित सशस्त्र प्रहरीको एपिएफ क्लबले आर्मीलाई पछ्याइरहँदा मध्यमाञ्चलले १ स्वर्ण हात पारेको छ।

ब्याडमिन्टनमा आर्मीलाई ६ स्वर्ण

६ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थान ओगट्दै विभागीय टोली  त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदअर्न्तगत ब्याडमिन्टनमा बर्चश्व कायम गरेको छ। झापाको काँकडभिट्टामा बुधबार सकिएको ब्याडमिन्टन प्रतियोगितामा ७ स्वर्णमध्ये आर्मी एक्लैले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो।

भलिबलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ।

पहिलो सहभागितामै स्वर्णमा ह्याट्रिक

कांस्य पदकसम्म जित्ने लक्ष्य लिएर सातौं राष्ट्रिय खेलकुदको ट्र्याकमा उत्रेका त्रिभुवन आर्मीका सोमबहादुर कुमाल पहिलो सहभागितामै स्वर्ण पदक जित्दा औधी दंग छन्। तर उनी एउटा स्वर्णमा नै रोकिएनन्, बरु स्वर्ण पदकको ह्याट्रिक गरेपछि मात्र सुस्ताए।

स्वर्णमा मुकुन्दको ह्याट्रिक

मुकुन्द महर्जनले पुरुष ६७ केजीमा बाजी मार्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण पदकको ह्याटि्रक पूरा गरेको दिन विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा उनको क्लब एपिएफले दबदबा कायम गरेको छ।

तेक्वान्दोमा आर्मीको ६ स्वर्ण

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेका सोमबारसम्मका खेलमा आर्मी स्वर्णसहित अन्य पदक प्राप्त गर्नेमा अगाडि रहेसँगै तेक्वान्दोमा पनि शीर्ष स्थानमा छ।

ब्याडमिन्टनमा सेनालाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार ब्याडमिन्टनमा विभागीय टोली नेपाल आर्मीले टिम इभेन्ट्सका दुई स्वर्ण जितेको छ। का“कडभिट्टामा भएको खेलमा आर्मीले एपिएफलाई ३–० ले हराएको हो।

टेबलटेनिसमा पुलिसलाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा आइतबार टेबलटेनिसका विभिन्न इभेन्टसका खेल सकिएका छन्। टेबलटेनिस महिला जोडीतर्फ आर्मीकी रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो।

नयाँ स्वरुपमा धनगढी क्रिकेट

'क्रिकेट नगरी' ले परिचित सुदूरपश्चिमको धनगढीमा हुँदै आएको धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगिताले नयाँ स्वरुप पाएको छ। दुई प्रतियोगितालाई गाभेर यो वर्षबाट धनगढी प्रिमियर लिग (डिपिएल) को नाममा प्रतियोगिता हुने भएको छ।

खोटाङलाई चार स्वर्णसहित १५ पदक

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय प्रतियोगीतामा खोटाङले चार स्वर्णसहित १५ पदक जितेको छ। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार र मंगलबार बिराटनगरको शहिद रंगशालामा आयोजित क्षेत्रीय छनौट प्रतियोगीतामा खोटाङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्