२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा  स्वर्ण पदक जितेका छन्।

राजाका गीतमा स्वर भर्दै बूढापाका

तबेला, धिमेबाजा र बासुरको सुमधुर धुन । धुनसँगै जोसिलो स्वर भर्दैछन्, अनुहार चाउरिएका पाका पुस्ता । बूढापाकाको स्वरले युवा र विदेशी पर्यटकको ध्यान विस्तारै खिँच्दै छ । उनीहरू स्वर सुन्न त्यहाँ झुम्मिँदै छन् । सबैले चाखलाग्दो पारामा बूढापाकालाई नियाल्दै छन् । कोही उनीहरूसँगै स्वरमा डुब्न खोज्दैछन् ।

राजधानीमा दलको एकै स्वर

प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सदस्यहरु राजधानी पोखरा राख्ने विषयमा एकजुट दिएका छन्। प्रदेश ४ को आइतबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानीको विषयमा छलफल भएको छ र सबै सत्तापक्षीय तथा प्रतिपक्षी दलहरुले राजधानी पोखरा नै हुनुपर्ने बताएका छन्।

पुरानै स्वरुपमा फर्कियो गद्दी बैठक

भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको पुनर्निर्माण सकिएको छ । हनुमान ढोका दरबारस्थित ऐतिहासिक महत्वको गद्दी बैठक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

सहपाठी सुजातकाे स्वर सुनिरहनेछु

‘हाइ...हाउ आर यु...लङ टाइम नो न्युज...होप अल इज वेल’ मोबाइल स्क्रिनमा यी सन्देश पिलिकपिलिक गरिरहेका छन् । सन्देश पढ्दै गर्दा अनुहारमा एउटा अग्लो शरीर र धोद्रो स्वर भएको एउटा हार्दिकताले भरिएको मानिसको अनुहार दिमागमा अंकित हुन्छ । गत शनिबार अपराह्न ३ः०७ बजे भारतको कश्मीरबाट प्रकाशित हुने ‘राइजिङ कश्मीर’ का प्रधानसम्पादक सुजात बुखारीका सन्देश थिए यी । एक सातापछिको शनिबार यी पंक्ति लेख्दै गर्दा सुजात सम्झनामा मात्र छन् । त्यो दिन मैले सन्देशको जवाफ लेख्नासाथ जवाफ आयो– ‘ह्वाइ यु सिम टु बि कोल्ड’ अर्थात् ‘आज तिमी किन निष्ठुरजस्तो लाग्छौ।’

आत्मस्वरूप निरूपण– ९

आदि र अन्त्यले हीन सत्य चैतन्य रूप जो । पदार्थमा सर्वश्रेष्ठ जीवको त्यो स्वरूप हो ।। निर्विकल्प जहाँबाट उत्पत्ति नभको हुने । यस्तो स्वरूप आत्माको त्यसलाई चिन्यौ भने ।।

स्वरूप फेरियो, शैली उस्तै

घोराही बैंक रोडस्थित सडक कालोपत्रेको काम भइहेको थियो। घोराही उपमहानगरपालिकाले गर्न थालेको सडक कालोपत्रेको काम देखेर स्थानीय अचम्मित थिए। एक स्थानीय भन्दै थिए, ‘किन पिच गर्नु परेको होला?’ स्थानीयले सडक कालोपत्रे गर्दा अचम्म मान्नुको कारण थियो, सो सडकमा कालोपत्रेमाथि कालोपत्रे थपिँदै थियो। सडक मर्मतका नाममा उपमहानगरपालिकाले उक्त सडकमा कालोपत्रे थपिरहेको थियो।

आत्मस्वरूप निरूपण– ९

आफैँ अदृश्य हो राहु तर ऊ यदि छोप्तछ । चन्द्रलाई त्यसै वेला दृष्टिगोचर बन्दछ ।। त्यस्तै अदृश्य हो आत्मा जानिने अनुभूतिले । तर देखिन्छ त्यो आत्मा पाए मद्दत दृश्यले ।।

नेपाललाई १० वर्षमा मान्छे र प्रकृतिको प्रयासबाट स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन्।

आत्मस्वरूप निरूपण– ९

गहना धेर छन् जस्तो सुन ता तर एक छ । उपाधिले धेर तर आत्मा आखिर एक छ ।। शरीरमा अङ्ग जस्तो माटोमा घट दीप झैँ । नाना स्वरूप देखिन्छ एक अद्वैत ब्रह्म नै ।।

आत्मस्वरुप निरूपण– ९

देहादि संघका भित्र जो भाव नित्य फुर्दछ । ‘यो’ ‘त्यो’ ‘म’ आदि जो भन्ने त्यही हो जीव निन्दित ।। ‘सव नै यो चिदाकाश ब्रह्म हो’ दृढनिश्चय । भएमा दीप झैँ तेल सकिदा जीव निभ्दछ ।।

जितेन्द्र र सन्तोषको जोडीलाई स्वर्ण

जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले अनिल शाही र प्रदीप खड्काको जोडीलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष युगलमा शुक्रबार उपाधि जितेका छन्।

कारागारमा स्वरोजगार कार्यक्रम चलाइने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका ९ वटै कारागारमा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्