१२ असार २०८१ बुधबार
image/svg+xml

अझै अघि बढेन बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम

सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

रसुवाका दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका छन्।

रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्कको आयात

आयात भएका सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनका अनुसार चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै मन्त्रालयमा पठाइने छ।

रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।

रसुवागढी नाकाबाट शनिबारदेखि अक्सिजन सिलिन्डर आयात हुने

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।

१० महिनामा १ सय ७३ वटा खाद्य सामग्रीको नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

रसुवागढी जलविद्युत आयोजनाको उपकरण जडानको काम १४ महिनादेखि ठप्प

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इण्डियाले गएको २०७६ चैत ८ गतेदेखि काम रोकेको थियो। कोरोनाको असर कम भएपछि ठेकेदारले ६ जनालाई निर्माणस्थलमा ल्याएको थियो। बाँकी कामदार अझै आउन सकेका छैनन्।

रसुवागढी नाका जोड्ने सडक खण्डको पोल सार्ने काम अन्तिम चरणमा

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको लागि पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ।

गल्छी–रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइओभर बन्ने

गल्छी–रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने त्रिशूली थ्री ए र त्रिशूली थ्री बीको पावरहाउस क्षेत्रमा उक्त फ्लाइओभर निर्माण गर्न लागिएको हो। यस क्षेत्रमा सडक निर्माणको लागि पर्याप्त स्थान नभएका कारण फ्लाइओभर निर्माण गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।

गल्छी-रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर बन्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर पुल बन्ने भएको छ ।

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन पाएको छैन।

स्याफ्रु–रसुवागढी सडक स्तरोन्नति हुन समय लाग्ने

कोरोना महामारीले काममा ढिलाइ भएको र टेलिफोन तथा फाइबर नेटवर्कको तार नसारिएको कारण ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नहुँदा स्थानीयको अवरोध, भौगोलिक विकटता लगायत कारण काममा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

स्याफ्रु–रसुवागढी सडक खण्डः स्तरोन्नतिको काम सुरु हुन अझै समय लाग्ने

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु हुन अझै केही समय लाग्ने भएको छ। विजुलीको पोल सार्ने काम अझै नसकिएकाले काम सुरु हुन समय लाग्ने देखिएको हो। चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। २०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको थियो।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

रसुवागढी नाका जोड्ने अवरुद्ध सडक ब्लाष्टिङ गराएर सञ्चालनमा

सुख्खा पहिरोका कारण अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक ब्लाष्टिङ गराएर सञ्चालनमा ल्याइएको छ। शनिबार राति खसेको ठूलो ढुंगाले उक्त सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि आइतबार बिहानैदेखि दुईवटा स्काभेटरले पहिरो पन्छाइ ब्लाष्टिङ गरेर सडक सुचारु गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्