१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

रसुवागढीस्थित नेपाल चीनबीचको मितेरी पुलमा बसेको सीमा सुरक्षा बैठकमा सहभागी नेपाली तथा चिनियाँ सुरक्षा अधिकारी। तस्बिर/नागरिक

विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिम कम भएपछि मात्रै रसुवागढी नाकाबाट सामग्रीको आयात निर्यातमा सहज हुने भएको छ। नाकाको व्यवस्थापन बारे दुई देशका अधिकारी बीच बिहिबार बसेको सीमा सुरक्षा बैठकले जोखिम कम नहुँदासम्म अहिलेकै अवस्थामा नाका सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

कोभिड–१९ सुरु भएपछि नाकाबाट मानिसलाई वारपार गर्न दिइएको छैन भने नेपाल आउने सामग्री पनि चिनियाँ गाडीले नै ल्याउने गरेका छन्।  रसुवागढीस्थित नेपाल चीनबीचको मितेरी पुलमा बसेको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले नाकालाई अहिलेको जस्तै कडाइ गरिने, नाकामा रहेका कामदार तथा सवारी चालकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने लगायतका विषयमा छलफल गरेका छन्। बैठकमा चिनियाँ अधिकारीले नेपाल तथा रसुवामा कोभिड–१९ को अवस्था बारे चासो राखेका थिए।  

रसुवागढी नाकाको व्यवस्थापन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र स्वास्थ्य सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्ने विषयमा छलफल भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए। ‘चिनियाँ टोलीले कोभिड–१९ को बारेमा चासो राख्नुका साथै यसको नियन्त्रण तथा रोकथामको विषयलाई प्रमुख एजेण्डा बनाएका थिए’, उनले भने, ‘हामीले रसुवाको अवस्था सामान्य रहेको र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएको बतायौं।’  

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन पाएको छैन। २०७७ जेठ महिनादेखि चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन्। चिनियाँ गाडीले ल्याएको सामग्री नेपाली गाडीमा ल्याउने र भन्सार जाँचपास गरेर छोड्ने कार्य बाहेक अरु क्रियाकलाप भएको छैन। जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व संकलन लक्ष्य पनि पूर्ण प्रभावित भएको छ।  

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन पाएको छैन।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १७ वैशाख २०७८ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App