४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने अवरुद्ध सडक ब्लाष्टिङ गराएर सञ्चालनमा

सुख्खा पहिरोका कारण अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक ब्लाष्टिङ गराएर सञ्चालनमा ल्याइएको छ। शनिबार राति खसेको ठूलो ढुंगाले उक्त सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि आइतबार बिहानैदेखि दुईवटा स्काभेटरले पहिरो पन्छाइ ब्लाष्टिङ गरेर सडक सुचारु गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।  

धुन्चे–स्याफ्रु सडक खण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै शनिबार राति पहिरो गएको थियो।  

पहिरोले ठूलाठूला ढुंगा सडकमा ल्याएर थुपारेको कारण सडक खुलाउन समय लागको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताएका छन्। सडक अवरुद्ध भएपछि काठमाडौं जान लागेका तथा रसुवागढीलगायतका माथिल्लो क्षेत्रमा जाने सवारीबीच बाटोमा नै रोकिएका थिए। 

प्रकाशित: ८ चैत्र २०७७ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App