१६ आश्विन २०८१ बुधबार
image/svg+xml

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ ।

सुधार भएन निक्षेप संकलन

बैंकहरुले नौ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकेको पाइएको छ। तर, ऋण माग भने बढेको बढ्यै छ।

नेपालको अर्थतन्त्र स्थिर रहने एडीबीको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्र ६.२ प्रतिशतले वृद्धि हुने एसियली विकास बैंकले प्रक्षेपण गरेको छ। आगामी आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.३ प्रतिशतले हुनेछ।

डा. गोबिन्द केसी बारामा

आईतबार बेलुका आएको हावाहुरीबाट पिडित बनेकाहरुको उपचार र राहत समाग्री बितरण गर्नको लागि डा.गोबिन्द केसी बारामा आएका छन्। मंगलबार पुरैनिया पुगेको डा.केसीले हावाहुरीमा घाईते भएकाहरुका उपचार र राहतको समाग्री समेत बितरण गरेका छन्।

‘महँगीले करोडपति बनाइदियो’

हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ टेलिभिजनको अभिनयसँगै फिल्मी अभिनयमा पनि सक्रिय कलाकार हुन्। एक समय टेलिश्रृंखला ‘मेरी बास्सै’मा अभिनय गरेर चर्चामा आएका उनी अहिले फिल्मी अभिनयमा सक्रिय छन्।

निर्माण तथा मेसिनरी सामाग्री अलपत्र

मुख्य संरचना सुरुङ निर्माणमा संलग्न ठेकेदार हिँडेपछि मेलम्ची खानेपानी आयोजनास्थलमा निर्माण सामग्री र मेसिनरी उपकरण अलपत्र परेका छन्। घामपानी र प्रयोगविहीन अवस्थाले त्यस्ता सामग्री खिइँदा र नासिँदा छन्।

सामर्थ्य बढाउँदै सेना

सरकारले द्वन्द्वकालको झल्को दिनेगरी नेपाली सेनाको क्षमता बढाएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएसँगै मुलुक स्थायी शान्ति र समृद्धितर्फ प्रवेश गरेको भनिए पनि द्वन्द्वकालकै झल्को आउनेगरी सरकारले घातक तथा गैरघातक सैन्य बन्दोबस्तीका सामान खरिदमा जोड दिएको हो।

पेचिला प्रश्नमा गरमागरम बहस

राजनीति, मिडिया, अर्थनीति , समाजशास्त्र तथा कला र साहित्य क्षेत्रका पेचिला प्रश्नहरूमा गरमागरम बहस गर्दै ‘कला साहित्य उत्सव’को चौथो संस्करण सोमबार सकिएको छ।

आइएलओ महासन्धि १८९ अनुमोदन गर्न माग

संयुक्त राष्ट्र संघले पारित गरिसकेको आइएलओ महासन्धि १८९ लाई सरकारले अनुमोदन गर्नुपर्ने माग गरिएको छ। उक्त महासन्धि स्वदेश र विदेशमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको हक, हितसँग सम्बन्धित छ।

म को हुँ ?

म शिक्षित मान्छे । ममा धेरै कुराको ज्ञान छ । केही गर्ने हिम्मत छ । साहस छ । चानचुने मान्छे हुँदै होइन म । यस्तैयस्तै लाग्थ्यो मलाई । एकदिन जान्न मन लाग्यो आफुले केके जानेकी छु । केके बुझेकी छु भनेर । आफ्नै दिमाग पढ्दै गएँ, बुझ्दै गएँ । मौलिकता केही भेटिनँ ।

कटिङले पहिरोको जोखिम

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्टट्रयाक (द्रुतमाग) को विस्तारका लागि अहिलेकै डिजाइनमा जमिन कटिङ गर्दा पहिरोको जोखिम हुने देखिएको छ। काठमाडौंदेखि निजगढसम्मको ७६ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि अहिलेकै डिजाइनअनुसार कटिङ गर्दा पहिरोको जोखिम हुने भन्दै अतिरिक्त जग्गा आवश्यक पर्ने जनाइएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औं बैठकमा फास्ट ट्रयाक निर्माणका चुनौती प्रस्तुत गर्दैै सडक निर्माणको दायाँतर्फ थप जग्गा आवश्यक पर्ने जनाइएको छ।

सामागाउँको आगो नियन्त्रणबाहिर

चुमनुब्री गाउँपालिका–१ सामागाउँको जंगलमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार पनि आगो लागिरहेको स्थानीयले बताएका छन्। ‘आगो लगिरहेको छ, सोमबारजस्तो मुस्लो ननिस्किएको भए पनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थल पुगेका प्रहरीलाइ उद्धृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

सामागाउँको आगो अझै नियन्त्रणमा आएन, ५ कस्तुरी मरेको भेटिए

गोरखाकाे चुमनुब्री गाउँपालिका १ सामागाउँको जंगलमा आइतवार रातीदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। मंगलवार पनि आगो लगिरहेको स्थानीयले बताएका छन्, ‘आगो लगिरहेको छ, सोमवार जस्तो मुस्लो ननिस्कएको भएपनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थलमा पुगेको प्रहरीलाई उदृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

तिब्बतसँग जोडिएको गोरखाको सामागाउँमा भिषण डढेलो, हेलिकप्टरबाट ग्यास र पानी फाल्न सुझाव

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सामागाउँस्थित जंगलमा भिषण आगो लागेको छ। गएराती आगो लाग्न सुरु भएको त्यहाँ प्रहरी र स्थानीय मिलेर आगो निभाएर फर्किएपछि पुनः सोमवार आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए।

पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्