१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

छाउगोठ हटाउने अभियान सुरु गर्दै मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’ बनाउने घोषणा गरेका छन्।

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ। सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्।

महिनावारी हुँदा गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कारबाही हुने

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नुहने भन्दै जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्ने व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो।

छाउगोठ भत्काउन गाउँगाउँमा प्रहरी

कर्णाली प्रदेशमा छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। कर्णालीका कालिकोट, जुम्ला र मुगुस्थित जिल्ला प्रशासन कार्यालयहरूले छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरेका हुन्।

छाउगोठमुक्त हुँदै कर्णाली

महिनाबारीका बेला छाउगोठमा बस्न बाध्य पार्नेलाई कारबाही गर्न गाउँगाउँमा सादा पोसाकमा प्रहरी परिचालनसँगै वृद्धभत्ता, सामाजिक सुरक्षाभत्ता, सहुलियत कर्जालगायत राज्यले दिने सेवा रोक्का गर्ने तयारी।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायको अन्य समुदायभन्दा रहनसहन, रीतिरिवाज र शैली भिन्न छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक छ तर राउटेबाट अरू समुदायले सिक्नुपर्ने कुरा पनि त्यतिकै छन्।

आफ्नैलाई सम्झाउन सकिएको छैन

छाउगोठमा बस्नुहुन्न भने चेतना नभएको होइन तर महिलाहरू छाउगोठमा बस्छन्। छाउगोठमा बस्नुहुन्न भन्ने जानकारी भएर के गर्नु पारिवारिक दबाबले बाध्य पार्छ।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायको अन्य समुदाय भन्दा भिन्न रहनसहन, रीतिरिवाज र शैली छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक हुन्छ। तर राउटेबाट पनि अरु समुदायले सिक्नु पर्ने त्यतिकै कुरा पनि छन्। त्यसमध्ये एक हो, ‘छोउगोठमा नबस्ने’। कर्णाली र सुदूरपश्चिममा छाउगोठ बस्ने चलन व्याप्त छ। कतिले छाउगोठमै ज्यान गुमाउनु पर्ने बाध्यता छ तर राउटे समुदायका महिला महिनावारी हुँदा छाउगोठ भने बस्दैनन्।

दिमागको ‘छाउगोठ’ भत्काउन पहल गर्ने कि ?

हाम्रो गाउँघर (कञ्चनपुर, खैरभट्टी) तिर महिनावारी हुनुलाई ‘छुई हुनु’ भनिन्छ। ‘छुई’ भएपछि अलग्गै छाउगोठमा बस्ने चलन मेरो गाउँमा छैन, तर ‘छुइ’ भएका आमा–दिदीबहिनीहरू कहिले बाख्रागोठ त कहिले भैंसीगोठमा सुतेको मैले आफ्नै आँखाले देखेकी छु।

जुम्लामा छाउपडि गोठ मुक्त अभियान सुरू

जुम्लाका स्थानीय तहले गैर सरकारी संस्थासँगको समन्वयमा छाउपडि गोठ मुक्त अभियान सुुरु गरेका छन्। समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको हो।

आगलागीले गोठ र मकै नष्ट

उदयपुरमा आगलागीबाट एक स्थानीयको गोठ जलेर क्षति पुगेको छ। जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडेस्थित वीरबहादुर श्रेष्ठको गाई गोठमा सोमबार बिहान एक्कासी लागेको आगोले पुरै गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ।

अछाममा छाउगोठभित्रै युवतीको मृत्यु

अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ।

विद्यालय भवन बन्यो गोठ

छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य शुरु गरिएको दुई वर्ष बितेको भएपनी अझै छानो छाएको छैन्।

छाउगोठमुक्त क्षेत्रमा फेरि ठडिँदै छाप्रा

६ वर्षअघि एक गैरसरकारी संस्थाको अगुवाईमा पश्चिम सुर्खेतका तत्कालीन सातवटा गाविसलाई छाउगोठमुक्त घोषणा गरियो। छाउगोठमुक्त घोषित क्षेत्रका घरमा अहिले फेरि छाउगोठ देखिन थालेका छन्। जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ छन्।

बलजफ्ती गोठ भत्काएर होइन, मन–मस्तिष्कबाटै छाउप्रथा हटाउन सक्नुपर्छ

बराहताल गाउँपालिका–६ विउरेनीकी पवित्रा गिरी स्वास्थ्यकर्मी हुन् । गाउँकै स्वास्थ्य चौकीमा उनी कार्यरत छिन् । घरघरमा पुगेर स्वास्थ्य चेतना फैलाउने उनै गिरी छाउ (महिनावारी) हुँदा सात दिनसम्म घर नजिकैको गोठमा बस्छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्