१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बडिमालिका-९ फागुन ३ मा छाउगोठ मुक्त घोषणा हुने

बडिमालिका नगरपालिका-९ लाई फागुन ३ मा छाउगोठ मुक्त वडा घोषणा गरिने भएको छ। वडा स्तरीय सरोकारवाला सम्मेलित बैठकबाट फागुन ३ गते औपचारिक कार्यक्रमकाबीच घोषणा गर्ने निर्णय गरिएको वडा अध्यक्ष विनोदकुमार विकले बताएका छन्।

‘छाउगोठ' भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै गोठमा बसेर देखाउन चुनौति

सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिइन्।

सांसदको प्रश्न : छाउगोठ भन्दै जनताको घर भत्काउन पाइन्छ ?

प्रतिनिधिसभाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काईएकोमा गम्भीर आपत्ती जनाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिडेको आरोप पनि लगाए।

गोठालोदेखि राष्ट्रपतिसम्म

महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।

चालु आर्थिक बर्षभित्रै छाउगोठमुक्त कर्णाली

कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्ने भन्दै बुधबार साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।

कर्णालीलाई असारभित्र छाउ गोठ मुक्त गरिने

कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउ गोठ मुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले असारभित्र कर्णाली प्रदेशमा कुरिति र कलंकका रुपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रुपमा अन्त्य गर्ने साझा प्रतिवद्धता–पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

‘छाउगोठ भत्काउने अभियानले घरका न घाटका भयौं’

प्रहरी प्रशासनले छाउगोठ भत्काउन खोजे पनि परिवारका सदस्यले अवरोध गर्दा आफूहरूले हिमपात हुँदासमेत घरबाहिर बसेर रात बिताउनुपरेको भन्दै स्थानीय महिलाहरूले गुनासो गरेका छन्।

डडेल्धुराको आलितालमा प्रहरीले ११ छाउगोठ भत्काए

सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा पनि मंगलबार १ दर्जन छाउगोठ भत्काएका छन्।

मनभित्रका छाउगोठ भत्काए संरचना आफैं ढल्छन्

एक साताअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीबाट छाउगोठ (महिला महिनावारी हुँदा बस्ने ठाउँ) भत्काउने अभियान सुरु ग-यो। छाउगोठ भत्काउने अभियान अहिले पनि पश्चिम सुर्खेतमा निरन्तर चलिरहेको छ। देखिने छाउगोठ भत्काइरहे पनि मनभित्र रहेका त्यस्ता गोठ अझै भत्किएका छैनन्।

छाउगोठ भत्काउन प्रहरी र जनप्रतिनिधिको सक्रियता

छाउपडी प्रथाविरुद्ध सरकारले अभियान सुरु गरेसँगै जिल्लाको बडिमालिका नगरपालिकामा छाउगोठ भत्काउन सुरु गरिएको छ। जनप्रतिनिधि र प्रहरीको सक्रियतामा नगरपालिकामा छाउगोठ भत्काउन थालिएको हो। बडिमालिका नगरपालिकाको रतुडामा अहिलेसम्म ५ गोठ भत्काइएको छ।

प्रहरी र जनप्रतिनिधि मिलेर भत्काए छाउगोठ

छाउगोठ भत्काउन जनप्रतिनिधि र प्रहरीले सक्रियता बढाएका छन्। कानुनी रुपमा अवैध कार्य भनिए पनि गाउँमा अझै छाउगोठ कायमै राखिएको पाइएपछि जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनले भत्काउन थालेको हो।

१७ सय छाउगोठ भत्काइए : गृह

दुई साताको अवधिमा कर्णाली र सुदुरपश्चिम क्षेत्रका १७ सयभन्दा बढी छाउगोठ भत्काइएका छन्। अभियान विथोल्ने र छाउप्रथालाई प्रोत्साहन गर्नेमाथि फौजदारी अपराध संहिताअनुसार कारबाही हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्