२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

साडीमा आगो लागेपछि व्रतालु महिला घाइते

महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकी छन्।

चितुवाको आक्रमणबाट महिला घाइते

चितुवाको आक्रमणबाट सुर्नया गाउँपालिका–८, सेलाकी ४२ वर्षीया जानकी साउद घाइते भएकी छन् । मंगलबार दिउँसो करिब साढे एक बजे घर नजिकैको जंगलमा गोरुबाख्रा चराउन गएकी साउँदलाई चितुवाले आक्रमण गरि घाइते बनाएको वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । जंगलमा चितुवाले बख्रालाई आक्रमण गरेको र बाख्रा बचाउने क्रममा साउदलाई आक्रमण गरेको बताइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्