३ मंसिर २०८१ सोमबार
image/svg+xml

अमेरिका जाने नेपाली विद्यार्थीको संख्या १८ प्रतिशतले बृद्धि

अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ। २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे आज जारी गरेको ओपेन डोर प्रतिवेदनले उक्त बृद्धी देखाएको हो।

अक्सफाममा चार नेपाली दौड्ने

हङकङकमा शुक्रबार सुरु हुने अक्सफाम ट्रायल वाकर १ सय किलोमिटर दौडमा नेपालका कीर्तिमानी चार अल्ट्रा धावकले सहभागिता जनाउने भएका छन्। तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमा गरेको प्रदर्शनका आधारमा विजेता बेदबहादुर सुनुवार, भीमबहादुर तामाङ, पूर्ण तामाङ र तीर्थबहादुर तामाङले उक्त प्रतियोगितामा सहभागिताको मौका पाएका हुन्।

अमेरिकाबासी ५० हजार नेपालीको भविष्य के हाेला?

आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोवास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन्। आफू राष्ट्रपति निर्वाचित भएमा सुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए।

तिब्बती नेतालाई भेटेको तस्बिर कम्प्युटरबाट जोडेर बनाइयो: नेपाली कांग्रेस

पाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको बताएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै इन्डिया फाउन्डेसनको कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको विज्ञप्तिमा उल्लेख छ।

कतारी रंगशालामा एक नेपालीको मृत्यु

कतार विश्वकपका लागि निर्माणाधीन रंगशालामा कार्यरत एक नेपाली कामदारको लरीको ठक्करबाट मृत्यु भएको छ। अल वाख्रा रंगशालाको निर्माणमा कार्यरत नेपाली २९ वर्षे मजदुर अनिलकुमार पासवानको मृत्यु भएको बुधबार कतार प्रशासनले बुधबार जनाएको छ।

सिक्किममा नेपाली अवार्ड

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथौं संस्करणमा डेनी डेन्जोङ्पालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिक्किमको गान्तोकस्थित मनन हलमा बुधबार आयोजित समारोहमा मनीषा कोइरालालाई भने विशेष सम्मान प्रदान गरिएको थियो। तर सम्मान ग्रहण गर्न डेनी अनुपस्थित रहे।

'नेपाली पत्रकार अझै असुरक्षित'

राज्य तथा गैरराज्यपक्षबाट नेपाली पत्रकारहरु अझै असुरक्षित रहेको एक अनुसन्धानले देखाएको छ। नेपालमा पत्रकार सुरक्षा : युनेस्को पत्रकार सुरक्षा सुचकको आधारमा नेपालमा अझै दण्डहिनता कायम रहेको बुधबार सार्वजानिक गरिएको एक अनुसन्धानले जनाएको छ।

अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु

वासिङ्टन डिसी— अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामीण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार नेपालीले ज्यान गुमाएका छन्। शुक्रबार नोवेम्बर ४ तारिखमा भएको भयानक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

नेपाल पत्रकार महासंघले पत्रकार सञ्जय न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति भएको जनाएको छ।

‘नेपालीको समस्या समाधानमा अरुको हस्तक्षेप अस्वीकार्य’

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन्।

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । आलंकारिक राष्ट्रपति भए पनि उनले नेपाल बसाइमा गरेको राजनीतिक भेटवार्ता कुनै कार्यकारीको भन्दा कम थिएन ।

बेइजिङमा नेपाली कला प्रदर्शनी

चीनको बेइजिङस्थित जु लिन इस आर्ट सेन्टरमा नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी चलिरहेको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धन गर्दै आइरहेको थाङ्का हाउस तथा चीनको जु लिन इस आर्ट सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।

पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्।

पोर्चुगलको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

गत बिहीबार  राति भएको कार दुर्घटनमा परी निधन भएका  दुई जना नेपालीहरुको शव नेपाल लगिने भएको छ।

जापानमा नेपालीको पहिलो सुपरमार्केट सञ्चालनमा

जापानमा नेपालीको लगानीमा सुपरमार्केट सञ्चालनमा आएको छ। जापानको तेस्रो ठूलो शहर नागोयास्थित एक नेपालीले जापानमै पहिलो पटक नेपाली लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो। करिव आठ करोड येनको लगानीमा सञ्चालनमा आएको सुपरमार्केट एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेलको कम्पनी सामिका ग्रुपले संचालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्