३ मंसिर २०८१ सोमबार
image/svg+xml

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

लण्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

नेपाली कलाकार खोज्दै प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

भारतले नेपाल हुने जुटको तयारी वस्तु आयातमाभारी कर लगाएपछि नेपालका ६ वटा जुट उद्योग समस्यामा परेका छन्। भारत नेपाली जुटका उत्पादनको प्रमुखबजार हो। नेपाल–भारत व्यापार सन्धि विपरीत भारत सरकारले जुटका तयारी वस्तु निर्यातमा काउन्टर भेलिङ ड्युटी (सिभिडी) लगाएको जुट व्यवसायीको आरोप छ।

फुटबल खेल्दाखेल्दै वेलायतमा नेपाली युवकको मृत्यु

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।

विष खुवाएर हत्या गर्ने नेपाली पक्राउ

अदालतबाट कर्तव्य ज्यान मुद्दामा कैद सजायको फैसला गरिएका एक अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। २०७१ वैशाख १५ गते जर्टुटा–४ कि १४ वर्षीया लिला रोकायलाई विष खुवाएर मारेको अभियोगमा जिल्ला अदालत सुर्खेतबाट १९ वर्ष १० महिना २७ दिन कैद तोकिएका वीरेन्द्रनगर–११ का खगेन्द्र नेपालीलाई पक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए। जिल्ला अदालतले २०७२ जेठ १८ गते नेपालीलाई उक्त सजय फैसला गरेको थियो।

भलिबलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ।

'अफ्रिका नेपालीका लागि रोजगारी र व्यवसायको नयाँ गन्तव्य'

पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ।

अष्ट्रेलियामा नेपाली वैज्ञानिकलाई प्रतिष्ठित पुरस्कार

हाल अष्ट्रेलियामा कार्यरत एकजना नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) ले कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ।

योकोहामामा नेपाली कन्सर्ट हुँदै

अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू इयर म्यूजिकल नाइट २०१७ हुने भएको छ। योकोहामाको चीकु सेन्टरमा ६ जनवरी बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहने छ।

अफ्रिकाका नेपाली तान्जानियमा

गैर आवासीय नेपाली संघ(एनआरएनए) अफ्रिका महादेशको दोस्रो बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु हुँदैछ । २ दिने बैठकमा अफ्रिका क्रियाशील रहेका सबै राष्ट्रिय समितिका प्रतिनिधिको सहभागिता रहने एनआरएनएका अफ्रिकाका संयोजक सुनिल कार्कीले बताए ।

नेपाली रंगकर्मको बृहत् दस्तावेज

किताब पल्टाउँदै जाँदा नसमेटिएका थुप्रै पक्ष भेटिन्छन्। थुप्रैका नाम छुटेका होलान् वा पूर्ण विवरण नसमेटिएका पनि होलान्। समग्र पुस्तकको लेखन हेर्दा लेखकलाई दोष थोपर्नुभन्दा कमसेकम यतिसम्म आधार तयार गरिदिएकोमा धन्यवाद दिनैपर्छ।

नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने

नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ।

नेपाली खेलकुदको महाकुम्भ आजबाट

सांस्कृतिक नृत्य, खेल कौशल र कवाज प्रदर्शन गर्दै शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सुरु हुँदैछ। एक साता हुने बृहत् राष्ट्रिय खेलकुदमा ४ हजारभन्दा बढी खेलाडीले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन्। ती खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ काँस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

बिजुली माग्न नेपाली टोली दिल्लीतिर

थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ। केही समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दूर गर्न र आगामी दिन पूरै देश उज्यालो राख्न ऊर्जा मन्त्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन्।

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्