नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन पाउने
सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ।
सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ।
नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासँग सोमवार जङ्गी अड्डामा भएको भेटमा उनले नेपाली शान्ति सैन्यले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै शान्ति सैन्यका निम्ति पनि नेपाली सेनालाई सघाउने प्रतिबद्धता व्यक्त गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।
नेपाली सेनाले तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना रिपोर्ट (डिपिआर) को पुनरवलोकन सकेर परामर्शदाता सुसङ इन्जिनियरिङलाई बुझाएको छ। दक्षिण कोरियाली परामर्शदाता सुसङले डिपिआर निर्माणको जिम्मा पाएको थियो। सुसङले डिपिआर तयार पारी बुझाएपछि सेनाले त्यसको पुनरवलोकन गरेको थियो। ‘पुनरवलोकनको काम सकेर अन्तिम डिजाइनका लागि सुझावसहित डिपिआर परामर्शदातालाई दिएका छौं’, सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले भने।
नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतबाट पारित गरेको छ। महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले महासमिति बैठकमा पेस भएका प्रस्ताव केन्द्रीय समितिले बहुमतबाट पारित गरेको जानकारी दिए।
देशकै पुरानो र लोकतान्त्रिक दलको रूपमा चिनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिले महासमिति बैठकको निर्णय उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रमै प्रश्न उठ्न थालेको छ। कांग्रेसको मिनि महाधिवेशनको रूपमा रहेको महासमिति निर्णय गर्नका लागि केन्द्रीय समितिभन्दा माथिल्लो कार्यकारी थलो हो। तर त्यसले गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयनमा ल्याउनुको सट्टा उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रबारे अनेक टिकाटिप्पणी हुन थालेको छ।
संसदमा दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने निष्कर्ष कांग्रेसको छ।
भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को मेला भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको मेलामा करिब १० हजार मानिसले अवलोकन गरेको आयोजकको दाबी छ।
नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन्।
नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ। लामो समयको छलफलबाट पनि निकास निक्लन नसकेपछि सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो।
नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको झडपमा दर्जन बढी विद्यार्थी नेता घाइते भएका छन्। आज पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताएका छन्।
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा समाचार संकलनका लागि गएका पत्रकार घाइते भएका छन्।
नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ।
नेपाली कांग्रेसबाट राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी मुलुकमा एकजना चर्चित वरिष्ठ अधिवक्तासमेत हुन्। उनले नागरिक स्वतन्त्रताका पक्षमा आफूलाई जहिल्यै उभ्याउँदै आएका छन्। प्रमुख विपक्षी दलका सांसद भए पनि सरकारको आलोचना पनि मर्यादित भएर गर्नुपर्ने ठान्छन्।