५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
भिडियो

दश हजारले हेरे ‘महिन्द्रा उदय’ मेला, बहुप्रतीक्षित गाडी नेपाली बजारमा

भिडियो रिपोर्ट: बिश्वास खनाल 

काठमाडौं– भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को मेला भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको मेलामा करिब १० हजार मानिसले अवलोकन गरेको आयोजकको दाबी छ।

 

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएका ३५ भन्दा बढी मोडलका उत्पादन प्रदर्शनीमा राखेको थियो। मेलामा महिन्द्राले ६ वटा नयाँ गाडी नेपाली बजारमा अनावरण गरेको थियो। महिन्द्राको बहुप्रतिक्षीत एसयुभी एक्सयुभी ३००, नयाँ एमपिभी मराजो, महिन्द्राको नयाँ ट्याक्टर जिभो २४५ र युभो ४१५ तथा महिन्द्राको हेभी कमर्सियल भेहिकलहरु फ्युरियो र ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी७५ पनि प्रदर्शनीमा राखिएको थियो। 

 

महिन्द्राका उत्पादन नेपाली बजारमा २७ वर्षदेखि बिक्री वितरण हुँदै आएको छ। महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो सो आयोजना गरेको हो। आकर्षक डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र विशेषताका एसयुभी निर्माणमा चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राखेको थियो। 

प्रकाशित: १२ फाल्गुन २०७५ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App