३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पौडेलले भेटे अभिभावकत्व लिएका कीर्तन

पाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूले अभिभावकत्व लिएका एक विद्यार्थीलाई प्रत्येक महिना भेट्ने गरेका छन्।

विप्लवसँग तत्काल वार्ता गर : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विप्लव नेकपाको क्रियाकलाप नियन्त्रण नभए त्यसले ठूलो असर गर्ने भन्दै वार्ता गर्न सरकारलाई आग्रह गरे।

‘राष्ट्रिय एकता कमजोर पार्ने अधिकार कसैलाई छैन’

नेपाली कांग्रेसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कमजोर पार्नेगरी कसलाई सहमति र सम्झौता गर्ने छुट नभएको स्पष्ट पारेको छ।

'वर्तमान सरकारले बदमासी गरेको छ'

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जताततै बदमासी मात्रै गरेको बताएका छन्। नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। राज्यका हरेक निकायमा हस्तक्षेप गर्ने र भताभुंग पार्ने काम मात्रै ओली नेतृत्वको सरकारको उपलब्धि भएको देउवाले बताए।

सरकार पृथकतावादी र हत्यारा जोगाउनतर्फ लाग्यो : देउवा

महाधिवेसनलाई टार्जेट गरेर नेपाली कांग्रेसका नेताहरु जिल्ला दौडाहमा लागेका छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोईराला, नेता रामचन्द्र पौडेल लगायतका नेता गण्डकी प्रदेशमा केन्द्रित भएका छन् ।

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन्।

सरकारलाई कांग्रेसको प्रश्न : पानीजहाज नआएसम्म हिलो र धुलोबाट त्रस्त भइराख्नुपर्ने हो?

नेपाली कांग्रेसकी सचेतक एवं सांसद पुष्पा भुसालले हिलो र धुलो व्यवस्थापन गर्न माग गरेकी छिन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले हिलो र धुलोबाट नागरिकहरु त्रसित रहेका बेला दुईतिहाइ बहुमतको सरकार मस्तसँग सुतिरहेको आरोप लगाइन।

'सीके राउतसँग बाहिर एउटा भित्र अर्को सम्झौता'

प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले स्वतन्त्र मदेशको मागसहित आन्दोलनरत सीके राउतसँग बाहिर एउटा र भित्र अर्को सम्झौता गरेको आरोप लगाएका छन्। ‘सीके राउतको अभिब्यक्ती र ट्विटले जनमत सँग्रहमा जान सरकार सहमत भएको दाबी गरेको छ’ प्रेस युनियन गोरखाले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले भने फरक कुरा भनेको छ।’

सीके राउतसँग गरेको सहमति अपारदर्शी : नेता सिंह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सीके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन्। शनिवार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भए पनि सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकोमा असन्तुष्टि जनाए।

देउवा र पाैडेलले ताताेपानीमा लगाए डुबुल्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीस्थित तातोपानी कुण्डमा स्नान गरेका छन्। नेपाली कांग्रेस म्याग्दीको कार्यालय बिपी स्मृती भवनको उद्घाटन गर्न बेनी पुगेका देउवा र पौडेललेसहित अन्य नेता तथा कार्यकर्तालेसमेत उनीहरुसँगै कुण्डमा स्नान गरेका थिए।

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन्। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि महिलालाई सम्बोधन गर्दैै भाषण गरेकी थिइन्। केही समयको अन्तरालमै यान्छीलाई एक्कासि मञ्चमा नृत्य पोशाकमा देख्दा दर्शक त्यसै पनि छक्क परेका थिए। त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्, तब दर्शकको आश्चर्यको सीमा नै रहेन। चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो।

‘चरीजस्तै उड्न पाए’मा चिनियाँ राजदूतको छमछमी (भिडियो)

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाली गीतमा छमछमी नाँचेकी छिन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार चिनियाँ राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत यान्छी नाँचेकी हुन्।

हत्या भएको भन्दै आफन्तले शव बुझेनन्

कंचनपुरको २५ नम्वर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ बर्षिय वीरबहादुर खड्काको गण भित्रै हत्या गरिएको भन्दै उनका आफन्तले छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन।

विराटनगरमा देउवाको शक्ति प्रदर्शन

आगामी १४ औं अधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व गर्ने होडमा रहेका डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीच आरोप प्रत्यारोप र विभिन्न खाले होडबाजी चल्न थालेको छ। महाअधिवेशन आउनु एक वर्षअघि नै नेताहरूलाई महाअधिवेशनको रन्को लाग्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्