'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'
संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ।
संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’
नेपाली कांग्रेस सर्लाहीद्ववारा सदरमुकाम मलंगवामा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘ ‘मधेसी जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ तर, केपी ओलीले पानी जहाजको सपना मात्र देखाए।’
नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो।
नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।
घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित नेपाली टोलीका प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।
नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफ्नो अध्ययन गर्ने चाहनालाई पूरा गर्न एसईई परीक्षा दिएकी छन्।
नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हसाउनु हो भन्ने ठान्छन् नेपाली युवा।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन्। गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे गिती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन गर्दै ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन्। संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता केन्द्रिकरण गर्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेश युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले सत्ता केन्द्रिकरणको प्रयास गरेकाले लोकतन्त्रमाथि चुनौती थपिएको जनाए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन्। कांग्रेसको सिद्धान्त, मूल्य मान्यतालाई आत्मासाथ गर्न अनुरोध गर्दै गुटको राजनीति नगर्न अनुरोध गरेका हुन्।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। रगतमा हेमोग्लोबिनको मात्र कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।