१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एक युवा भारी मात्राको लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार राति चौदण्डीगढी ४ को स्वामीचोकबाट २५ वर्षीय रोशन मगर १ सय ७३ थान बिभिन्न किसिमका लागुऔषध र गाँजासहित पक्राउ परेको प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।