पचास हजार घूससहित प्रहरी अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।
नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार डा.रामशरण महत र प्रदेश नं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका चिनियाँ नागरिक सात देशको अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी का तीन कार्यकर्ता पक्राउ परेका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ।
निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।
रोल्पा प्रहरीले बिप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता हतियार सहित पक्राउ गरेको छ ।
चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।
रसुवागढी नाकाबाट १७ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केरूङबाट अबैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय कार्साङ दावा तामाङ रहेका छन्।
महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।
शरदकुमार गौचन हत्यामा संलग्न रगेको आरोपमा कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका छन्। बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन्।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन्। नेकपा एमाले उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि उनीहरू प्रक्राउ परेका हुन् । चुनाव विरोधि गतिविधि हुन सक्ने आशंकामा प्रहरीले विहीबार भोजपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रक्राउ गरेको हो।