२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मानव बेचविखनकाे आरोपमा वडाध्यक्ष पक्राउ

दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ।

नक्कली सुन देखाई ठगी गर्ने दुई पक्राउ

महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो।

टोखामा गोली चलाउने चारजना हतियारसहित पक्राउ

टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो।

अवैध हतियारसहित ६ जना पक्राउ

अवैध हतियारसहित शंकास्पद गतिविधिमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोल्हवी नगरपालिका –२ स्थित भलुहीखोर सडकमा चेक जाँचको क्रममा मंगलबार साँझ अवैध हतियारसहित तीन नेपाली र तीन भारतीय नागरिक पक्राउ परेका हुन् । निजगढबाट कोल्हवी आउँदै गरेको ना.१ ह ८०१५ नम्बरको टेम्पोमा रहेका उनीहरुको साथबाट तीन थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने ७ राउन्ड गोली, धारिलो हतियार र ६ थान मोबाइल सेट समेत प्रहरीले बरामद गरेको छ ।

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका एक पक्राउ

कतारबाट अाएका यात्रुसँग दुर्इ सय ५० ग्रामसहितकाे पाँच थान सुनकाे बाला संकलन गरिरहेकाे अवस्थामा साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एकलार्इ नेपाल प्रहरीले पक्राउ गरिएकाे छ ।

रोजगारमा पठाइदिने प्रलाेभन देखाएर २७ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा पठाइदिने प्रलाेभन देखाएर ठगी गरेर फरार भएका लम्जुङ तान्द्रङटाक्सार–३ का ४४ वर्षीय हरि बहादुर पाण्डेलार्इ पक्राउ गरिएकाे छ । साेमबार महाराजगंजस्थित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटाइएका प्रहरी टाेलीले बाँसबारीबाट उनलार्इ पक्राउ गरेर काठमाडाैं जिल्ला अदालतमा पेश गरेका थियाे ।

घूसको रकमसहित इन्जिनियर यादव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ।

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतिको हत्या आरोपमा यहाँका एक पुरुष सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

मकवानपुरको कैलाश गाँउपालिका–६ स्थायी घर भई नागार्जुन नगपालिका–४ बसोबास गर्दै आएका २८ वर्षीय रामबहादुर वाईवालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा अष्ट्रेलियाकाे  सिड्नीमा एकजना उत्तर कोरियाली नागरिक पक्राउ परेका छन्।  उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए ।

देजाभुका ५ सञ्चालक पक्राउ

दर्शक ठगेको आरोपमा नेपाल प्रहरीले दरबारमार्गस्थित डेजाभु क्लबका पाँच र कार्यक्रम आयोजकमध्येका दुई जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई क्लब डेजाभुमा निम्त्याउने भन्दै महंगो मूल्यमा टिकट बिक्रि गरे पनि अन्तिम समयमा मार्समेलो क्लबमा नआएपछि दर्शकले आक्रोसित हुँदै क्लब देजाभु तोडफोड गरेको थिए । टिकट विक्री गरी कार्यक्रम आयोजना नगरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूलाई प्रहरीले बिहीबार बिहान ठगीको आरोपमा पक्राउ गरेको हो ।

ठगी आरोपमा डेजाभुका सञ्चालक सहित कार्यक्रम आयोजक पक्राउ

टिकट विक्री गरेर कार्यक्रम आयोजना नगरी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले डेजाभुका पाँच र कार्यक्रम आयोजना गर्ने दुई जनालाई पक्राउ गरेको छ।

घुस लिँदालिँदै नायब सुब्बा पक्राउ

जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

३८ किलो गाँजासहित एकजना पक्राउ

लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

३० किलो गाँजासहित दुई पक्राउ

इलाका प्रहरी कार्यालय गजुरीले ३० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका – १ गजुरीबजारबाट विहीबार पक्राउ परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्