२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

३३ लाखसहित छ जुवाडे पक्राउ

सुर्खेत प्रहरीले ३३ लाख रुपियाँसहित बुधबार राति छ जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

१० किलो चरेस सहित ३ पक्राउ

दुई महिलाले शरिरभित्रै आफुले लगाएको कपडामा लुकाएर राखेको साढे १० किलो चरेस प्रहरीले बरामद गरेको छ। इटाको आकारमा बनाइएको आधा किलो वजनको २१ वटा चरेशको ढिक्का प्रहरीले उनीहरुको शरीरबाट निकालेको छ। महिलाहरुलाईहरुलाई चरेश बोकाएर संगसंगै हिडेका भारतीय नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर र रत्नबहादुर चोरी आरोपमा पक्राउ

भक्तपुर सुर्यबिनायक नगरपालिका–८ मा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गणेश चोक डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट माघ १० गते पेस्तोल खुकुरी देखाई लुटपाट गर्ने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

चरेशसहित दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले लागुऔषधसहित भीमदत्तनगरपालिका १९ बागफाँटाबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ६ ऐठपुरका २१ बर्षीय सर्जन बडायत र १८ बर्षीय आशिष राना रहेका छन्।

सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ।

क्यापिटल मर्चेन्ट ठगी प्रकरणका दोषी खड्का पक्राउ

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीमा करोंडौ ठगी गर्ने बिमल खड्का पक्राउ परेका छन्। पुनरावेदन अदालत पाटनबाट पाँच करोड ७५ लाख जरीवाना तथा तीन वर्ष कैद सजायँ सुनाइएका खड्कालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो।

अश्लील तस्बिर देखाउने १० पक्राउ

अश्लील तस्बिर देखाएको अभियोगमा ५ बेलायती नागरिक सहित १० विदेशीहरू कम्बोडियामा पक्राउ परेका छन् ।उनीहरू माथि अनुसन्धान जारी रहेको बताउँदै कम्बोडिया प्रहरीले दोषी ठहर भएमा उनीहरूमाथि १ वर्ष जेल सजाय हुने बताएको छ ।

५० किलो चरेससहित २ पक्राउ

प्रहरीले रोल्पा माडि गाउँपालिकाको घर्तीगाउँमा ठूलो परिमाणमा लागु औषध चरेस पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा ५ न. प्रदेश क्षेत्रीय प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले आइतबार बिहान ३ बजेतिर ५० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो।

विभिन्न अपराधमा संलग्न चार पक्राउ

प्रहरीले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

लागूऔषध सहित दुई पक्राउ

लागुऔषधसहित प्रहरीले शनिबार दिउँसो सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ।

हुन्डीको काराेबार गर्ने गिरोह पक्राउ

प्रदेश १ को राजधानी विराटनगरको केशलिया मार्गमा हुन्डीको कारोवार गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सुराकीको सूचनाको आधारमा प्रहरीले बिहीबार ठूलो परिमाणमा नगदसहित हुन्डीको कारोवार गर्ने चारजनालाई नियन्त्रणमा लिएको हो ।

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्