२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ठगी आरोपमा मेडिकल सञ्चालक पक्राउ, डाक्टर छाडिए

उदयपुर सदरमुकाममै सञ्चालित एक मेडिकल सञ्चालक ठगी आरोपमा पक्राउ परेका छन्। सर्वसधारणलाई उपचारको नाममा गैरकानुनी ठगी गरेको आरोपमा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित ‘आयुस आयुर्वेदिक क्लिनिक’ का बाबुराम कार्कीसँगै पक्राउ परेका डा. सुजित यादब भने पक्राउ परेको केही घण्टामै छाडिएका छन्।

चुडामणी शर्माको घरमा ढुंगामुडा, केही पक्राउ

काठमाडौं – आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको घरमा ढुंगामुडा गरिएको छ।

भक्तपुरमा बलात्कारका तीन घटनाका तीन आरोपी पक्राउ

प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो।

ड्राइभिङ लाइसन्स दलाली गर्ने ४ पक्राउ

उपत्यका ट्राफिक कार्यालय महाशाखाले चालक अनुमति पत्रको दलाली गर्ने र लिन खोज्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्मती यातायात व्यवस्था कार्यालय ललितपुरका खरिदार यामबहादुर केसी र भक्तपुर नगरपालिका– ७ बस्ने सुनिल गोर्खाली, दलालीमै सहभागी बारा लक्ष्मीपुर कोतवालीका टिकुप्रसाद गुप्ता र रौतहट पिपरा रजवाडा– ७ का ननिपत साह छन् । साह र गुप्तालाई आइतबार यातायात व्यवास्था कार्यालय एकान्तकुनामा चार पांग्रे साना सवारीको अभ्यास परीक्षामा सहभागी भइरहेका अवस्थामा पक्राउ गरिएको हो।

गर्भवती बनाइ हत्या गर्ने प्रेमी पक्राउ

आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक पक्राउ परेका छन्। पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए। तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो ।

११ थान कस्तुरीको बिनासहित १ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त टोलीले ११ थान कस्तुरीको बिनासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुर–१ गोविन्द टोलबाट बिहीबार गोविन्द विश्वकर्मालाई पाँच सय ग्रामको ११ थान कस्तुरीको बिनासहित पक्राउ गरेको हो।

अवैध लागूऔषधसहित ५ पक्राउ

चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा सवारी साधन जाँच गर्नेक्रममा चितवनबाट काठमाडौं आउँदै गरेको बा ५ ख १९७१ नम्बरको माइक्रोबसमा सवार धादिङको गलडाँडा गाउँपालिका–८ बस्ने ३४ वर्षीय उत्तम बराललाई झोलामा लुकाईछिपाई ल्याएको करिब ३ केजी गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको छ।

व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ।

हतियारसहित ३ जना पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिवासले गोप्य सूचनाको आधारमा बर्दिवास नगरपालिका ३ पाटु घरभएका ३५ वर्षीय लेकबहादुर कालीकोटे, बर्दिवास नगरपालिका १४ घर भएका ४२ वर्षीय वेदवहादुर हमाल र ५० वर्षीय टंक मल्ललाई तीन थान भरुवा वन्दुक सहित पक्राउ गरेको डिएसपी प्रविण पोखरेलले बताएको छ।

कस्तुरीको बिना सहित पक्राउ

संरक्षित वन्यजन्तु कस्तुरीको बिना सहित चितवनको चैनपुर घर भई बाराको जितपुर उपमहानगरपालिका–१ बस्ने ५६ वर्षीय बलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

ज्यान मार्ने धम्की दिने ३ जना पक्राउ

युवतीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिन्धुपोल्चोकबाट ३ जनालाई पक्राउ गरेको छ । सुर्खेत क्याम्पस (शिक्षा) मा अध्ययनरत युवतीलाई २ महिनायता फोन गरेर अस्लील गाली गर्ने, ज्यान मार्ने धम्की दिने, परिवारलाई गाली गर्ने गरेको आरोपमा जाजरकोटका ३ जना युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरिएको हो।

डकैतीमा संलग्न ४ जना पक्राउ

भक्तपुरको सिपाडोलमा गत माघ १० गते भएको डकैतीमा संलग्न समुहमध्येका ४ जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ।

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्