६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित भारतीय पक्राउ

काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ। प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो।

गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिए । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ।  (रासस)

प्रकाशित: २१ माघ २०७४ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App