फ्याली हत्या प्रकरण : फरार अभियुक्त १४ वर्षपछि पक्राउ
हत्या गरी फरार रहेका जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ बस्ने ५५ वर्षीय यमबहादुर अर्घुले मगरलाई प्रहरीले पक्राउ गरेको छ। २०६१ साल कात्तिक १२ गते ज्वालामुखी ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई ८ जनाको समूहले धारिलो हतियार प्रहार गरि फरार भएका थिए। फरार मध्येका मगरलाई प्रहरीले ज्वालामुखी–५ बुङकोटघाटबाट बिहीबार पक्राउ गरेको छ।