नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ
महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ। परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई अाइतबार पक्राउ गरेको हो।