आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। अरुणमा गाउँपालिका –४ चरम्वी वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो। टंकले सामान्य विवाद हुँदा आफ्नै बुवा ५५ वर्षीय दान बहादुर भुलेललाई शुक्रबार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ।