२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुन सहित पक्राउ

रुकुम (पूर्व) मा ११ तोला सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भुमे गाउँपालिका–८, कोर्जाका १९ वर्षीय तारा बुढा मगरलाई सुन सहित पक्राउ गरिएको हो।

जापान पठाउने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकामा आप्रवासीलार्इ पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न सुरू

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने दुर्इ जना पक्राउ

धनगढीमा एक हप्ताअघि गोली प्रहार गरेर अार्इएमर्इका कर्मचारीबाट साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना पक्राउ परेका छन्।

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

यौन धन्दा चलाउने अभिनेत्री रंगेहात पक्राउ

तमिलकी चर्चित टिभी कलाकार संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको एक निजी रिसोर्टबाट प्रहरीले छापा मारी रंगेहात गिरफ्तार गरेको हो।

१५ जना फरार अभियुक्त पक्राउ

अदालतबाट विभिन्न मितिमा फैसला भएर फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरले आइतबार एकै दिन १५ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ।

कालो झन्डा देखाएको आरोपमा १० पक्राउ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झन्डा देखाएको आरोपमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीका म्यानेजर  पक्राउ

विराटनगरको महेन्द्र चोकमा निर्माणाधिन सडकमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्त  पक्राउ परेका छन्।

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ।  परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

गएराति एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। कुश्मा नगरपालिका– ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले राति नै पक्राउ गरेको हो। आफ्नै घरमा बस्न आएकी एक आफन्त पर्ने महिलालाई अन्दाजी नौ बजेको समयमा जिसीले जबरजस्ती गरेको प्रहरीमा उजुरी परेको छ।

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्