१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल- रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

बुटवल उपमहानगरपालिका-४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ । 

अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारी दिए । 

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटनामा खुल्न आएका सबै अपराधीलाई अहिलेसम्म पक्राउ गरी कानूनी दायरामा ल्याइएको समेत जनाइएको छ । 

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App