२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ठमेलमा गुण्डागर्दी गर्ने पक्राउ

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप तिनथुङ्ग ९ घर भई हाल नयाँ बजार बस्ने २६ वर्षीय सपन मगर भन्ने विमल लुङ्गेली मगर रहेका छन्।

विश्वकपमा सट्टेबाजी खेलाउने तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ।

बम राख्ने तयारी गरेको आरोपमा कूटनीतिज्ञ पक्राउ

निर्वासनमा रहेका इरानी विपक्षी समूहको फ्रान्समा हुन लागेको बैठकमा बम राख्ने तयारी गरेको भन्दै एक जना इरानी कूटनीतिज्ञसहित अन्य दुई संदिग्ध पक्राउ परेको बेल्जियम प्रशासनले सोमबार बताएको छ।

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

लागू औषधसहित ५ युवा पक्राउ

उदयपुरमा प्रहरीले ५ युवालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ।  त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीले आइतबार साँझ चेकजाँचको क्रममा २ युवा र शनिबार साँझ ३ युवालाई नियन्त्रणमा लिएको हो।

२२ किलो चरेस सहित तीन पक्राउ

प्रहरीले २२ किलो चरेस सहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं. ५ को प्रहरी अनुसन्धान समूहको टोली तथा वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले २२ किलो चरेस सहित ३ जनालाई पक्राउ गरेको हो।

बलात्कारको आरोपमा २ पक्राउ

भोजपुरमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका १ बस्ने नाम परिवर्तित १४ वर्षीय सनम रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्।

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ।

यौनधन्दामा संलग्न २ जोडी होटलबाट पक्राउ

अवैध यौन धन्दा चलाएको आरोपमा उदयपुर सदरमुकाम गाईघाटस्थित एक होटलबाट २ जोडी पक्राउ परेका छन्। गाईघाट सेतापुलस्थित ‘हाम्रो होटल’मा यौनधन्दामा संलग्न भएको रंगेहात फेला पारेर सप्तरी घर बताउने ४२ वर्षीय इनामुल हक र सप्तरीकै १ महिला तथा बेलका नगरपालिका ठेगाना बताउने एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्।

बिप्लबका कार्यकर्ता पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ३१ गते ठुलीभेरी नगरपालिका–९ भेत्तीस्थित माइडाँडामा प्रहरीको स्कटिंङ्ग टोलीमाथि भएको आक्रमणका योजनाकार मध्येका एक भएको भन्दै प्रहरीले नेकपाका कार्यकर्ता दिनेश सिंहलाई पक्राउ गरेको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्