९ मंसिर २०८१ आइतबार
image/svg+xml

छाउगोठमुक्त क्षेत्रमा फेरि ठडिँदै छाप्रा

६ वर्षअघि एक गैरसरकारी संस्थाको अगुवाईमा पश्चिम सुर्खेतका तत्कालीन सातवटा गाविसलाई छाउगोठमुक्त घोषणा गरियो। छाउगोठमुक्त घोषित क्षेत्रका घरमा अहिले फेरि छाउगोठ देखिन थालेका छन्। जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ छन्।

बलजफ्ती गोठ भत्काएर होइन, मन–मस्तिष्कबाटै छाउप्रथा हटाउन सक्नुपर्छ

बराहताल गाउँपालिका–६ विउरेनीकी पवित्रा गिरी स्वास्थ्यकर्मी हुन् । गाउँकै स्वास्थ्य चौकीमा उनी कार्यरत छिन् । घरघरमा पुगेर स्वास्थ्य चेतना फैलाउने उनै गिरी छाउ (महिनावारी) हुँदा सात दिनसम्म घर नजिकैको गोठमा बस्छिन् ।

रजस्वला हुँदा महिला अझै छाउगोठमै सुत्न बाध्य

आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन्। त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन्।

छाउगोठमा निसासिएर मृत्यु

डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्।

छाउगोठमुक्त गाउँमै ठडिँदै छाउगोठ

तीन वर्षअघि वातावरण सुधार समाजको अगुवाईमा सुर्खेत र दैलेखका अधिकांस स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरियो। साविकका गाविस कार्यालयसँगको सहकार्यमा गाउँगाउँमा छाउगोठ भत्काइए। महिला समूह र धामी–झाँक्रीलाईनै छाउगोठ भत्काउन लगाइयो। तामझामका साथ छाउगोठमुक्त गरिएका गाउँहरुमा अहिले धमाधम छाउगोठ बनाउने अभियानै चलेको छ।

धामीझाँक्रीले नै भत्काउन थाले छाउगोठ

पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन्। रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे। महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामी झाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो।

जंगलमा पालमुनी छाउपडी

छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिउँदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?

प्रहरीले थल्याे छाउगोठकाे तथ्यांक संकलन

जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन सुरु गरेको छ। सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकाबाट प्रहरीले तथ्यांक संकलन थालेको हो। पहिलो दिन विमानस्थल सुरक्षा गार्ड कोल्टी, पिलुचौर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्तडीबाट टोली खटाइएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।

जनप्रतिनिधि र कर्मचारीकै घरमा छाउगोठ

चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिकाका सचिव हुन्। उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ। सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको होइन्। ‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन्,’ बयकले भने, ‘व्यक्तिगत रूपमा म मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ।’

छाउगोठ भत्काउँदै महिला

सामान्यतयाः छाउपडी प्रथा पहाडी जिल्लामा मात्रै छ भन्ने धेरैको बुझाइ छ। तर यो प्रथा तराईका जिल्लामा समेत व्यापक मात्रामा देख्न सकिन्छ। तराईका ग्रामीण भेगमा बस्ने मात्रै हैन सहरबजारका महिलाले समेत छाउपडी प्रथा मान्दै आएका छन्।

छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।

महिनावारीका बेला महिलालाई स्वास्थ्य सामस्यादेखि थप कामको सामना गर्नुपर्ने

महिनावारीका बेला महिलालाई स्वास्थ्य सामस्यादेखि थप कामको सामना गर्नुपर्ने एक सर्वेक्षणले देखाएकोे छ।

जनप्रतिनिधिकै घरमा छाउगोठ

वेदराज भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का निर्वाचित वडासदस्य हुन्। सामाजिक विकृति र कुरीति अन्त्यका लागि अगुवाइ गर्नुपर्ने वडासदस्य भण्डारीकै घरमा छाउगोठ छ।

छाउगोठमा बलात्कार प्रकरण : सँगै सुतेकी साथीकै मिलेमताेमा घटना

महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन्। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।

छाउगोठमा बलात्कार

महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्