बिमा रकमको लागि यहाँसम्मको अपराध
रौतहट र कास्कीमा भएको दुई आपराधिक कार्यले नेपाली समाजलाई धन सम्पत्ति र लोभ लालचले कता लैजाँदा छ प्रश्न उठायो ।
रौतहट र कास्कीमा भएको दुई आपराधिक कार्यले नेपाली समाजलाई धन सम्पत्ति र लोभ लालचले कता लैजाँदा छ प्रश्न उठायो ।
भारतको उडिसामा जन्मेका लक्ष्मीप्रसाद दास हाल लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल (एलआइसी नेपाल)का प्रमुख कार्यकारी अधिकृत छन्।
जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यबिमाकार्यक्रममाहालसम्मजम्मा२२ लाख ४० हजार चार सय २४ जना नेपाली सहभागी भएका छन्। यो कुल जनसंख्याको साढे सात प्रतिशत हाराहारी हो। नेपालको जनसंख्या तीन करोड पुग नपुग छ।
बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ। यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो।
चालु आर्थिक वर्ष ०७६/७७ को साउनमा मुलुकका जीवन बिमा कम्पनीहरुले १० अर्ब ५१ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन्।
निर्जीवन बिमा सेवा प्रदायक कम्पनीहरुले चालु आव ०७६/७७ को साउन मसान्तसम्म १४ अर्ब २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी पु-याएका छन्।
जीवन तथा निर्जीवन बिमा सेवा प्रदायक कम्पनीमा नौ हजार तीन सय ७० जनाले रोजगारी पाएका छन्। आकर्षक तलब र सुविधा पाउने भएकाले युवाहरु बिमा कम्पनीमा काम गर्न आकर्षित भएका हुन्।
जोखिम न्यूनीकरण हुने भएपछि कृषि तथा पशु बिमामा किसानको आकर्षण ह्वात्तै बढेको छ। पछिल्लो पाँच वर्षमा कृषि तथा पशु बिमा पाँच गुणाले वृद्धि भएको छ।
सर्वसाधारणले कृषि तथा पशुपन्छीको बिमा गर्दा फाइदा हुने भए पनि कृषि तथा पशु बिमा अनिवार्य नभएका कारण विलासिताका वस्तुको बिमा ठूलो रकम खर्च हुने गरेको हो। बिमा समितिको एक तथ्यांकअनुसार रकम संकलन गरेका छन्।
रोल्पाका प्रदेश सांसद दिपेन्द्र पुनले स्वास्थ्य बिमा गरेका छैनन्। स्वास्थ्य बिमा बारे खासै नबुझेका उनी भन्छन् ‘गर्नुपर्ने चाहि हो। गर्नुपर्छ त भन्दै थिए, अब गर्नुपर्ला।’ त्यसो त रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले पनि स्वास्थ्य बिमा नगरेको बताए।
जीवन बिमा कम्पनीको बजार हिस्सा बढ्दै गएकाले कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन विस ०७५ असार मसान्तभित्र चुक्ता पुँजी वृद्धि गरी एक अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएको थियो। जसअनुसार अधिकांश जीवन बिमा कम्पनीले चुक्ता पुँजी पु-याइसकेका छन्।
मुलुकका ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण लक्षित लघुबिमा कार्यक्रम गाउँगाउँसम्म पुगेको छ।
साढे तीन वर्षअघि सुरु भएको स्वास्थ्य सेवा बिमा हाल देशका ४८ जिल्लामा विस्तार भए पनि कुल जनसंख्याको हिसाबले जम्मा ७ प्रतिशतमा मात्र यसको पहँुच पुगेको छ। यस आधारमा अर्काे वर्षको अन्त्यसम्म ५० प्रतिशत जनसंख्यालाई यो कार्यक्रममा समेट्ने लक्ष्य कोसांै टाढा देखिन्छ।
प्रदेश सरकारले राष्ट्रिय बिमा कम्पनीसँग गरेको सम्झौतामा बिमितको कर्णाली प्रदेशबाहिर भएका प्राकृतिक विपत् र दुर्घटनामा परी मृत्यु भएको अवस्थामा भने सो बिमाबापतको रकम परिवारले नपाउने उल्लेख छ।
कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।